AArya
animated ellipse animated ellipse

महिला क्रिकेट खेलाडीको आत्मबल बढाउन कार्यशाला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ भाद्र २०८१, शनिबार १५:१५
324
Shares
विराटनगर / महिला क्रिकेट खेलाडीहरुको आत्मबल बढाउने उद्देश्यले विराटनगरमा एक दिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।

विराटनगरमा आज उक्त कार्यशाला गोष्ठी आयोजना गरेको हो । कार्यशाला गोष्ठीमा ४५ जना महिला क्रिकेट खेलाडी, प्रशिक्षक र उनीहरुका अभिभावकहरुको सहभागिता रहेको थियो । उनीहरुलाई क्रिकेट विथआउट बाउण्ड्रिजका हेड अनुगमन र मूल्याङ्कन प्रमुख युकेकी सरा बेगले प्रशिक्षण दिएकी थिइन् ।

सरा पिएचडी गर्न नेपाल आएकी हुन् । उनी महिला क्रिकेट क्षेत्रको विकास र लैंगिक समानतको पक्षमा अहिले रिसर्च गर्दै आएकी छिन् । उनको नेतृत्वमा अहिले कोशी र मधेश प्रदेशमा महिला खेलाडी उत्पादन गर्नुको साथै खेलकुद क्षेत्रबाट उनीहरुलाई आत्मबल बृद्धी गराउन लागि परेको नेपाल क्रिकेट फाउण्डेशनका मन्दिप साहले बताए ।

‘क्रिकेटको क्षेत्रबाट महिला खेलाडीहरुको सशक्तीकरण गराउनु उद्देश्यले पनि यो कार्यशाला गरिएको हो,’ उनले भने, ‘आगामी दिनमा कस्तो कार्यक्रमहरु गर्न सकिन्छ । त्यसको योजना बनाउन महिला क्रिकेट खेलाडी, प्रशिक्षक र उनीहरुका अभिभावकहरुलाई बोलाएर यो कार्यशाला गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर