RUMPUM
animated ellipse animated ellipse

घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा गिरी, महिला उद्यमीमा न्यौपाने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०७८, आईतवार २०:४७
198
Shares
विराटनगर/ नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ को अध्यक्ष्मा शिवा उपाध्यय(अन्जु) भएका छन् ।

महासंघको विराटनगरमा आज भएको दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनबाट समितिको वरिष्ठ उपाध्यक्ष प्रदिप गिरी, उपाध्यक्ष अशोककुमार विष्ट, उपाध्यक्ष लिलादेवी रिजाल, महासचिब राजेन्द्र केशरी घिमिरे, सचिब बेदनाथ भेटवाल र कोषाध्यक्ष राजेश मण्डल रहेका छन् । समितिको सदस्यहरुमा गणेशबहादुर कटुवाल, अशोक कार्की, खगेन्द्र गौतम, दिनेश श्रेष्ठ, राजिव ढुंगना, विकास पौडेल, इश्वर राना मगर, र रत्नमान तामाङ रहेका छन् ।

सोहीभेलाबाट नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश
१ अन्र्गतको महिला उद्यमी समितिको अध्यक्षमा नमिता न्यौपाने निर्वाचित भएकी छिन् । दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनबाट न्यौपाने सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । वरिष्ठ उपाध्यक्ष डवलकुमारी चौलागाई, महासचिब अनिता गुराईगाई, कोषाध्यक्ष चम्पा नेपाल रहेकी छिन् । यस्तै महासंघको सदस्यहरुमा मन्जु ढकाल, सरस्वती कार्की, तोप्रक कुमारीथापालगायत रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले महिला उद्यमीहरुको हकहितमा क्रियाशिल भएर लागि पर्ने बताइन् । उनले प्रदेशमा रहेका घरेलु उद्योगले उत्पादन गरेको बस्तुको प्रवद्र्धन गर्न महासंघ लागि पर्ने उनले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर