AArya
RUMPUM
animated ellipse animated ellipse

प्रा.पाण्डे र कवि रेग्मी पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ चैत्र २०७९, आईतवार १७:४०
3
Shares
विराटनगर/ शिक्षासेवी सामाजिक अभियन्ता प्रतापनिधि शर्माको स्मृतिमा स्थापना गरिएको प्रतापनिधि शर्मा स्मृति कोषले प्रा. विश्वराज पाण्डे र स्वीकृती रेग्मीलाई पुरस्कृत गरेको छ ।

पाण्डेलाई २५ हजार राशिको शिक्षा पुरस्कार २०७९ र साहित्यकार रेग्मीलाई ११ हजार राशिको साहित्य पुरस्कार २०७९ बाट पुरस्कृत भएका हुन्।

उनीहरुलाई प्रमुख आतिथि कोशी प्रदेशका पूर्वमन्त्री तथा सभासद केदार कार्की पुरस्कृत तथा सम्मान गरे । कार्कीले संस्कृत पाठशालाका छात्र रछात्रालाई छात्रवृत्ति वितरणका साथ प्रतापनिधि शर्माको योगदानको चर्चा गर्दै विद्यार्थीहरुलाई असल लक्ष्य लिएर अगाडी बढ्न प्रोत्साहन गरेका थिए।

दिनेशराज सुवेदी (दिङ्लाली कान्छो)को सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सल्लाहकार दधिराज सुवेदी, सल्लाहकार कविराज न्यौपाने, शिक्षासेवी दिनेश श्रेष्ठ, सम्मानित ब्याक्तिद्वय प्रा. विश्वराज पाण्डे र साहित्यकार स्वीकृती रेग्मी, प्रतिमा निरौला, शोभा पोखरेल, कनकमणि तिम्सिनालगायतले आफ्नो विचार प्रस्तुत गरेका थिए भने कवि जिवराज घिमिरेले कविता वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर