फेबर ब्रान्डको किचन आइकन्स विराटनगरमा

खबर पूर्वाञ्चल, ८ फाल्गुन २०७७, शनिबार २०:२०

विराटनगर/ विश्व प्रचलित फेबर ब्राण्डको किचन आइटको सामाग्रीहरू पाइने पसल विराटनगरमा संचालनमा आएको छ ।

विराटनगरको हनुमानदास रोडमा ‘किचन आइकन्स’ नामको पसल संचालनमा आएको हो ।
एक कार्यक्रम आयोजना गरि उक्त पसलको उद्घाटन प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाकार मोती दुगडले गरे । नेपालमै पहिलो पटक विश्व प्रचलित फेबर ब्रान्डका किचनका सामाग्रीहरू पाइने पसल संचालनमा ल्याएको किचन आइटमका संचालक रुपेश अग्रवालले जानकारी दिए ।

इटलीबाट सुरु गरिएको फेबर मल्टी नेश्नल कम्पनी हो । जुन छिमेकी देश भारत, युरोप, उत्तरी अमेरिका लगायत १३ अन्य देहरूमा पनि संचालनमा छ । यस कम्पनीले किचनमा आवश्यक पर्ने सामाग्रीहरू गुणस्तरी उत्पादन गरि बजार पढाउने गरेको कम्पनीको दाबी छ ।

विराटनगरमा खुलेको किचन आइकन्समा चिम्नी, ग्यास चुलो, गिजर, वाटर फिल्डटर, सेनिटाइजर मेसिनलगायतका सामाग्रीहरू रहेको छ । हालै उक्त पसल संचालमा आएकोले कम्पनीले ओपन अफरमा विशेष छुट तथा प्रि जडान र सर्भिसको पनि व्यवस्था गरेको संचालक अग्रवालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५