खबर पूर्वाञ्चल
राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरले मंगलबार एक दिने निःशुल्क ‘ब्राइडल मेकअप’ र बाइडल हेयर टे«निङ दिएको हो ।
राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरमा आवद्ध भएका सदस्य ब्यूटिसियनहरुलाई अपग्रेड गराउने उद्देश्यले ट्रेनिङ दिएको महानगरको अध्यक्ष भली सुब्बाले जानकारी दिइन् ।
एक दिने ट्रेनिङमा एक सय ५० भन्दा बढी ब्यूटिसिनयहरूको सहभागिता रहेको छ । उक्त ट्रेनिङको उद्घाटन राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालकी उपमहासचिब ममता प्रधान, केन्द्रीय सदस्य गंगा तामाङ, कोशी प्रदेश अध्यक्ष कला डाँगीलगायतले संयुक्त रूपमा गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालकी कोशी प्रदेश अध्यक्ष कला डाँगीले ब्यूटिसियनहरुलाई ब्राइडल मेकअप र ब्राइडल हेयर टे«निङले ठूलो सहयोग पुग्ने बताए । यस्तो तालिम समय समयमा दिएर ब्यूटिसियनहरुलाई अपग्रेड गर्दै अगाडी बढाउनुपर्नेमा जोडीए ।
ब्राइडल मेकअप र ब्राइडल हेयर टे«निङको ट्रेनर राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरकी सचिब बसन्ती गुरूङले गर्नुभएको छ । नाबुन विराटनगरले आफ्ना सदस्य ब्यूटिसियनहरुलाई आत्मनिर्भर बनाउनको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसअघि पनि विभिन्न सामाजिक कामहरुदेखि ब्यूटिसिनयहरुको क्षमता अभिवृद्धीको कार्यक्रमहरु पनि गर्दै आएको छ ।
ट्रेनिङको उद्घाटन शत्रमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी उपमहासचिब ममता प्रधान, केन्द्रीय सदस्य गंगा तामाङ, प्रदेश अध्यक्ष कला डाँगी, कोशी प्रदेशकी पुर्व उपाध्यक्ष ललिता धिमाल, प्रदेश इन्चार्ज सायदा तमसुम, महानगरको निर्वतमान अध्यक्ष अमिता पोखरेललगायतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया