animated ellipse animated ellipse

खुल्ला व्याडमिन्टनको उपाधि ठकुरी र घिमिरेको जोडीलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ फाल्गुन २०७७, मंगलवार १९:२१
351
Shares
झापा / झापाको विर्तामोडमा जारी दोस्रो लायन्स क्लब जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको फाईनलमा मेन्स डवलमा प्रनिशसिंह ठकुरी र दिपक घिमिरे काँकरभिट्टाको जोडीले जितेको छ ।

नवीन सिलवाल, चााणक्य पाठक विर्तामोडलाई २२–२०,९–२१ र २१–१९ को सेटले पराजित गर्दै प्रनिशसिंह ठकुरी, दिपक घिमिरेको जोडिले उपाधि जितेको हो । जीतसंगै विजेताले नगद २५ हजार नगद र ट्रफी हात पारेका छन् ।

उपविजेता नविन सिलवाल र चाणक्य पाठकले नगद २० हजार ट्रफिमा चित्त बुझाउनु परेको छ । यसैगरी तेस्रो हुने जोडिलाई नगद आठ हजार सहित ट्रफि प्रदान गरियो ।

त्यस्तै ४५ केजी तौलभन्दा माथिको डवलमा सञ्जय भक्तराज, गणेश कार्की विर्तामोडको जोडीले श्रीप्रसाद धिमाल, विष्णु तामाङ्ग काँकरभिट्टाको जोडीलाई २१–७, २१–७ को सोजो सेटले पराजित गर्दै उपाधि जितेका छन् । जितसंगै सञ्जय र गणेशको जोडीले नगद २० हजार तथा ट्रफि र उपविजेता धिमाल र तामाङ्गले नगद १५ हजार ट्रफी हात पारेका छन् भने तेस्रोलाई नगद पाँच हजार सहित ट्रफी प्रदान गरियो ।
लायन्स क्लव अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ २३ गतेबाट सुरु भएको थियो ।

विर्ता व्याडमिटन क्लवको कवर्ड हलमा भएको सो प्रतियोगितामा खुल्ला तर्फ ३० र भेट्रान तर्फ २३ जना खेलाडी सहभागी थिए ।

लायन्स क्लव अफ अनारमनीका अध्यक्ष डा. गौरीशंकर झाको अध्यक्षतामा भएको कार्यक्रमकाबीच विजेता खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर