एन्फाले ईतिहास मेट्न खोजेको पूर्व अध्यक्ष थापाको आरोप

खबर पूर्वाञ्चल, ११ जेष्ठ २०७७, आईतवार २०:०९

काठमाण्डौ / अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको सहिद स्मारक ए डिभिजन लिगको प्राविधिक प्रतिवेदन (टेक्निकल रिपोर्ट)मा त्रुटी देखिएको छ ।

शीर्ष डिभिजनको लिग फुटबलका प्राविधिक पक्ष समावेश गर्दै फुटबल संघले सार्वजनिक गरेको प्रतिवेदनमा एन्फा कप्लेक्सका बिषयमा राखिएको जानकारीमा त्रुटी देखिएको हो । प्रतिवेदनमा ललितपुरको सातदोबोटास्थित एन्फा कम्प्लेक्स फिफाको गोल प्राजेक्टबाट बनेको उल्लेख गरिएको छ ।

एन्फाले केन्द्रीय कार्यालयसहित होस्टेल, मैदान, प्यारापिट लगायतका संरचना फिफाको लगानीमा बनेको बताएको छ । एन्फाको सार्वजनिक गरेको प्रतिवेदनमाथि पूर्व अध्यक्ष गणेश थापाले भने आपत्ती जनाएका छन् । थापाले नेपालले आफ्नै स्रोत साधानबाट बनाएको पूर्वाधारलाई ईतिहासबाट मेट्न खोजेको भन्दै आपत्ती जनाएका हुन् । पूर्व अध्यक्ष थापालो दशरथ रंगशालामा आयोजना भएको विभिन्न प्रतियोगिताको दर्शकबाट उठेको रकमलाई सदुपयोग गर्दै केन्द्रीय कार्यालय, एन्फा होस्टेल, खेल मैदान र सानो प्यारापिट बनेको उल्लेख गर्दै प्रतिवेदनमा राखिएको गलत जानकारी सच्चाउन माग गरेका छन् ।

एन्फाले शनिबार लिगका सम्पूर्ण प्राविधिक पक्ष विश्लेषण गर्दै रिपोर्ट सार्वजनिक गरेको थियो । साथै रिपोर्टमा सम्पूर्ण ए डिभिजन क्लबका जानकारी सहित लिग अवधिको स्वास्थ्य, सुरक्षा, म्याच कमिसनरको रिपोर्ट समेत समावेश गरिएको थियो ।

एन्फाले फुटबल ईतिहासमा पहिलो पटक प्राविधिक रिपोर्ट सार्वजनीक गरेको दाबी गरेको छ । तर आफ्नै मुख्यालय निर्माणको पुरा जानकारी प्रतिवेदनमा समावेश गर्न नसक्दा पहिलो पटक सार्वजनिक प्रतिवेदन विवादीत बनेको हो । एन्फाले प्रतिवेदनमा पुरा जानकारी राख्ने बिषयमा आफ्नो त्रुटी भएको स्विकार गरेको छ । एन्फा प्रवक्ता किरण राईले लेख्ने क्रममा भाषा नपुगेकाले प्रतिवेदनमा गल्ती भएको स्विकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५