RUMPUM
animated ellipse animated ellipse

पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ जेष्ठ २०७८, शनिबार १८:४४
549
Shares
काठमाण्डौ / पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने सरकारले घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थासँग मिलेर कार्य गरिने अर्थमन्त्री पौडेलले बताए । बजेटले सञ्चार गृहलाई पनि सहुलियत कर्जाको व्यवस्था गरेको उनले जानकारी दिए । मन्त्री पौडेलले कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति सुविधा दिने समेत बताए ।

सुचना विभागले जारी गरेको रातो कार्ड लिएको पत्रकारलाई मात्र निःशुल्क उपचार गरिले मन्त्री पौडेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर