animated ellipse animated ellipse

भारत लैजादै गरेको १० महिलाको उद्धार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ पुष २०८०, बिहीबार १९:०९
783
Shares
विराटनगर / वैदेशिक रोजगारीको प्रलोभनमापारेर भारत लैजान लागेको दश जना महिलाहरुलाई उद्धार गरिएको छ ।

सानाहातहरु नामक संस्था र प्रहरीले विराटनगरको सीमा क्षेत्र र जोगवनीबाट दशजनामहिलाहरुलाई उद्धार गरेको हो ।

उद्धार गरिएको महिलाहरु सिन्धुपालचोक, जाजरकोट र मोरङका रहेको साना हात नामक संस्थाका शाखा प्रमुख विवश श्रेष्ठले जानकारी दिए । उद्धार गरिएको मध्ये दुई जना अविवाहित किशोरी पनि रहेका छन् । उद्धार गरिएको महिलाहरुलाई विराटनगर ४ घर भएका राजु रिजाल नेपालबाट उडाउन नसकिने भएकोले अवैध बाटोबाट वैदेशिक रोजगारमा पठाउन खोजेका थिए । उनीहरुलाई केही दिन काठमाण्डौमा पनि राखेका थिए ।

काठमाण्डौबाट वैदेशिक राजेगारमा पठाउन नसिकने भन्दै ती दलालले भारत हुँदै विदेश पठाउने योजना बनाएको उनीहरुले बताएका छन् । उनीहरुलाई दुवई, कुवेत, ओमनमा घरेलु कामदारको रूपमा मासिक ३५ हजारदेखि ४० हजार रुपैयाँ कमाइ हुने भन्दै लैजान लागेका थिए । उनीहरुलाई जोगवनीमा खाद्य बस्तु खरिद गर्न गएको भन्ने बहाना बनाएर भारत कटाउन खोजेको साना हात नामक संस्थाले बताएको छ । उनीहरु मध्ये दुई जनालाई नेटर्वकिङमा लैजान खोजेका थिए ।

उद्धार गरिएका महिलाहरुलाई प्रहरीको रोहबरमा आफन्तमा जिम्मा लगाउने तयारि गरिएको छ । वैदेशिक रोजगारमा पठाउने एजेन्ट दुलाल भने फरार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर