खबर पूर्वाञ्चल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९५१ जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या पनि घटेर १०० भन्दा तल झर्दै ९६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।