RUMPUM
animated ellipse animated ellipse

पाँच दिने योग शिविर सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ पुष २०७९, सोमबार १८:२९
90
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको योग शिविर सम्पन्न भएको छ ।

विराटनगरमा आज आयोजित कार्यक्रममा पाँचदिने योग शिविरको महानगरपालिकाका मेयर नागेश कोइरालाले समापन गरे । समापन समारोहलाई सम्बोधन गर्दैै मेयर कोइरालाले महानगरपालिका जनताको स्वास्थ्यप्रति गम्भीर रहेको बताए । उनले योगले स्वस्थ्य जीवन व्यतित गर्न सहयोग पुग्ने उल्लेख गरे ।

मेयर कोइरालाले १९ वटै वडामा योग शिविर सञ्चालन गर्न महानगर तयार रहेको बताए । समापन समारोहमा ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र न्यौपानेले खानपान र जीवनशैलीमा परिवर्तन गर्न सकिए स्वस्थ जीवनयापन गर्न सकिने बताए । उनले वडावासीका लागि विराटनगर ११ मा योग शिविर सञ्चालन गरिएको जानकारी दिए ।

पतञ्जली योग समिति मोरङका अध्यक्ष धु्रवबहादुर प्रधानले स्वस्थ्य जीवनका लागि योगको महत्वका बारेमा प्रकाश पारे । सहभागीका तर्फबाट पत्रकार विजय खतिवडाले ५ दिने योग शिविरबाट धेरै नै जानकारी प्राप्त भएको बताए । उनले महानगरका सबै वडामा योग शिविर सञ्चालन गरेर विराटनगरलाई देशमै उदाहरणीय बनाउनुपर्नेमा जोड दिए । योग प्रशिक्षक नेनिन राई, शिल्पा प्याकुरेल, विनु सापकोटा, चन्द्रमणि गुरागाईंलगायतले प्रशिक्षण दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर