पूर्वाञ्चल खबर

क्लिनिकमा बालवालिकादेखि ज्येष्ठ नागरिसम्मको उपचार हुनेछ । ‘हामीले सञ्चालनमा गरेको क्लिनीक दातको स्पेशलिटी हो,’ उनले भने, ‘यहाँ आउने विरामीलाई हामी गुणस्तरीय सेवा दिनेछौं ।’
करिब ६० लाख बढी लगानीमा सञ्चालनमा ल्याएको डेन्टल क्लिनिकमा अत्याधुनिक उपकरण जडान गरिएको ल्याब रहेको छ । ‘दातको आरसिटी पहिला हातबाट गरिने गरेको थियो,’ डा. शाहले भनिन्, ‘यस क्लिनिकमा सुविधा सम्पन्न उपकरण मेसिनबाट हुनेछ ।’
क्लिनीक फुल फेजमा सञ्चालनमा आएपछि १० देखि १५ जनासम्मले रोजगारी पाउने डा. शाहले जानकारी दिइन् ।