AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मन्टेश्वरीका अभिभावकसँग एभरेष्ट स्कुलको कार्यशाला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ असार २०८०, शुक्रबार २०:३२
1.1k
Shares
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले मन्टेश्वरी कक्षाका विद्यार्थीका अभिभावकसँग कार्यशालाको आयोजना गरेको छ ।

विद्यालयले शिक्षण सिकाइका लागि अपनाउँदै आएका कृयाकलापका विषयमा अभिभावकलाई जानकारी गराउने उद्देश्यका साथ कार्यशाला आयोजना भएको हो । आज नर्सरी र एलकेजीका विद्यार्थीका अभिभावकसँग कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागि अभिभावकलाई सम्वोधन गर्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले युग सुहाउँदो शिक्षण सिकाईका लागि आफूहरुले प्रयत्न गरिरहेको भन्दै यसलाई सार्थक बनाउँदै लैजान अभिभावकको समेत सहयोग आवश्यक रहेको चर्चा गरे। उनले बाल मनोविज्ञानलाई बुझेर उनीहरुकै सहभागितामा विभिन्न प्रयोगात्मक विधिका साथ शिक्षण सिकाई हुँदै आएको भन्दै बाल मनोविज्ञानलाई अभिभावकले समेत बुझ्न आवश्यक रहेको बताए।

गर्भावस्थादेखि नै बालबालिकाको ‘केयर’ आवश्यक रहेको चर्चा गर्दै उनले सानै उमेरबाट नै दिईने वातावरणले बालबालिकाको भविष्यलाई निर्धारण गर्ने बताए। हिजो बालबालिकालाई नियन्त्रण (कन्ट्रोल)मा राख्ने विधि अपनाउने गरिएको स्मरण गर्दै उनले अहिले त्यो पद्धत्ति गलत सावित भइसकेको बताए । उनले भन,‘हिजो हामी शासनमा राख्न खोज्थ्यौं, त्यो गलत थियो । अब साथी बनाएर हरेक कुरामा सहभागि गराएर अघि बढ्नुपर्ने छ ।’ नियन्त्रणमा राख्न खोज्दा बालबालिका विद्यालयमा गुरुहरुसँग र घरमा अभिभावकहरुसँग टाढिन पुग्ने मात्रै नभई बढ्दो उमेरसँगै डिप्रेसनमा जाने, कुलतमा फस्नेलगायतका विभिन्न समस्याहरु देखापर्ने प्रिन्सिपल पुरीले बताए।

कार्यशालामा विद्यालयका सहायक प्राचार्य टीएन भण्डारीले विद्यालयले सिकाएको शिक्षण पद्धति अनुरुप अभिभावकले पनि भूमिका निर्वाह गर्न सक्दा बालबालिकालाई कुशल ब्यक्तित्व बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरे। उनले त्यसका लागि अभिभावकहरुले केहि विषयमा विशेष ध्यान दिन आग्रह गरे। करिब एक सय जना अभिभावकको सहभागिता रहेको कार्यशालामा सहभागीहरुलाई विभिन्न विधिबाट मनोरञ्जन दिलाउँदै बालबालिकाले कसरी सिक्छन् भन्ने विषयमा जानकारी दिइयो ।

मन्टेश्वरी तहकी इन्चार्ज रेश्मी क्षेत्रीले अभिभावकहरुलाई सिकाईका विषयमा व्यवहारिक रुपमा जानकारी गराइन्। कार्यशालामा अभिभावकहरुले पनि बालबालिकाले जस्तै खेल्दै, प्रयोगात्मक गर्दै, शिक्षण सिकाईको बिषयमा जानकारी लिएका छन् । अभिभावक तथा वरिष्ठ नायव निरिक्षक यज्ञराज शर्माले विद्यालयले अपनाएको शिक्षण सिकाई विधि अत्यन्तै राम्रो रहेको भन्दै कार्यशालाले अभिभावकलाई पनि बाल मनोविज्ञान अनुसारको वातावरण बनाउन उत्प्रेरित गरेको बताए। मन्टेश्वरीका अन्य कक्षाका अभिभावकसँग शनिवार कार्यक्रम रहेको मन्टेश्वरी इन्चार्ज रेश्मी क्षेत्रीले बताइन्।

प्रविधि, सीप र संस्कारलाई शिक्षासँग जोडेर अघि बढ्नुपर्छ भन्ने मान्यता राखेको यस विद्यालयले रातो बंगला फाउण्डेसन, ललितपुरसँगको सहकार्यमा समय समयमा शिक्षकहरुलाई विभिन्न किसिमका प्रशिक्षण प्रदान गर्दै सोहि अनुरुप शिक्षण सिकाईमा अघि बढ्न प्रेरित गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर