खबर पूर्वाञ्चल
आज तेह्रथुम जिल्लाको सदरमुकाममा एमाले १ नम्बर प्रदेश कमिटीका इन्चार्च राजेन्द कुमार गौतमको प्रमुख अतिथिमा मिशन ग्रासरुट अभियान अन्तर्गत पार्टी सुदृढीकरण तथा बिस्तार अभियान कार्याक्रम सम्पन्न भएको छ ।
गौतमले पार्टीमा देखिएको बिसंगति, बेतिथि, स्थानीय तहमा देखिएको गुटगत राजनैतिक राजनैतिक अन्त्य गर्दै दशौ राष्ट्र्रिय महाधिबेशनले तय गरेको नारालाई सार्थक तुल्याउन यो अभियान कोशे ढुंगा साबित हुने बताए । उनले टोल कमिटीदेखि केन्द्रीय स्तरसम्म पार्टीलाई एक ढिक्का बनाई राख्नको लागि पार्टी प्रति इमान्दार देखाउनु पर्ने जिकीर गरे ।
एमाले १ नम्बर प्रदेश कमिटीका अध्यक्ष तुलसी न्यौपानेले पार्टी निर्माणमा वडादेखि नै सदस्यहरु अनुशासन भई जनताको आबश्यकतालाई ख्याल राखी उनीहरुको समस्या हल गर्न तर्फ पनि लाग्नु पर्ने बताए । पार्टीको तल्लो निकायदेखि नै अनुसाशन कायम गर्न सकियो भने संगठन निर्माण मजबुद हुने र अन्तत पार्टीले स्थानीय निकाय, प्रदेश र संघमा समेत जनताले जिताउने कुरामा हामी ढुक्क हुने सक्ने वातावरण रहने बताए ।
अभियानमा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भुगोल दरो सखुवाको पिलर जस्तो बनाउ पर्ने बताए । नेपाली काग्रेसले समाजबादको कुरा खुल्ला बजारमा देखिएको समाजबादको वकालत गर्ने गर्दछ ठुला पुंजिपतिको रक्षा मात्र गर्ने गर्दछ । तर हामी हाम्रो पाटीैले श्रमजिवीको वकालत गर्दै समाजबाद कुरा गर्ने बताए ।
केन्द्रीय सदस्य हरिबहादुर राईले पार्टीमा सम्लग्न सबै नेता कार्यकर्ताहरुले पार्टीले लिएको नितिलाई अक्षरस पालना गर्न सकिए हाम्रो पार्टी अरु पार्टी भन्दा अब्बल हुने दाबि गरे ।
कार्यक्रम तेह्रथुम जिल्लाका जिल्ला अध्यक्ष तेजमान कन्दङवाको अध्यक्षता सम्पन्न भएको थियो ।