गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा दीप प्रज्वलन

खबर पूर्वाञ्चल, १७ असार २०७७, बुधबार २०:१८

विराटनगर / नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ९७ औ जन्मजयन्तीको अवसरमा जीपी कोइराला फाउण्डेसन मोरङले दीप प्रज्वलन गरेको छ ।

आज बरगाच्छीमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । मंगलवार मात्रै जीपी कोइराला फाउण्डेसन युवा कार्यदल बनाएको मोरङले कोइरालाको जन्मजयन्तीका अवसरमा साताव्यापी कार्यक्रम गर्ने घोषणा गरेको छ ।

कार्यक्रममा युवा नेता तथा विराटनगर महानगरका मेयर भीम पराजुलीले गिरिजाप्रसाद कोइरालाको योगदान स्मरणीय रहने बताए । कोइरालाले देखाएको सहमती सहकार्य र एकताको खाचो अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । युवाहरुलाई साथमा लिएर जीपी फाउण्डेसनले गरिरहेको सामाजिक कार्यको मेयर पराजुलीले प्रशंसा गरे ।

नेपाली कांग्रेस जिल्ला सचिव नागेश कोइरालाले गिरिजाप्रसाद कोइरालाको राजनैतिक चेतना अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । प्रजातन्त्र ,लोकतन्त्र प्राप्तीका लागि कोइरालाले खेलेको भूमिका महत्तत्वपूर्ण रहेको बताए । देशको मेरुदण्ड प्रजातन्त्र ,लोकतन्त्र भएको र यसलाई बचाउन सत्ताधारी दल असक्षम रहेको आरोप लगाए ।

फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौलाको संयोजकत्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य बिन्दिया कार्की, ट्रेडयुनियन कांग्रेसका प्रदेश सदस्य नारायणबाबु कार्की ,समाजसेवी ज्योति आचार्य , नेपाली कांग्रेस विराटनगर महानगरका कार्यबाहक अध्यक्ष अरुण न्यौपाने ,कांग्रेस युवा नेता उद्धव कोइराला ,सुचि चौधरी ,इन्डिपेन्डेन्ट उमेन फाउण्डेसनका अध्यक्ष सावित्री आचार्य, जीपी कोइराला फाउण्डेसन युवा कार्यदलका संयोजक अकिंत पोख्रेल ,कार्यक्रम संयोजक नमिता आचार्य लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५