खबर पूर्वाञ्चल
आज विहान बजगाईंको शव आफ्नै कुखुरा फर्म भित्र भेटिएको थियो ।
मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले फर्म सञ्चालकको हत्या भएको पुष्टि गर्दै घटनामा संलग्नको खोजी कार्य तिव्र बनाएको बताए । घटनाको अनुसन्धान गर्न आफै घटनास्थल पुगेका एसपी कार्कीले हत्यामा संलग्नको पहिचान भएको बताए ।
गत जेष्ठ १० गतेबाट फर्ममा काम गर्ने कर्मचारीबाट हत्या भएको प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएको उनले बताए । ‘हत्या गरेपछि दम्पती फरार छन् । हामीले खोजी कार्य तिव्र बनाएका छौं,’ उनले भने ।
घरनजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र आज करिब साढे १० बजे शव फेला परेको हो ।
प्रहरीका अनुसार बजगाईंको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ भने शरीरका अन्य भागमा चोट देखिएको छ । घटनास्थलमा रगत लतपतिएको अवस्थामा एउटा बन्चरो र दाउरा फेला परेको छ । मृतकको शरीरमा पनि बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको भन्दै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया