बूढानिलकण्ठ स्कुलमा कृष्ण जन्माष्ठमी महोत्सव

खबर पूर्वाञ्चल, १ भाद्र २०७९, बुधबार १८:०९
189
Shares
विराटनगर / विराटनगर – २ स्थित बूढानिलकण्ठ अ. मा. वि. मा विभिन्न अतिरिक्त धार्मिक तथा सांकृतिक कार्यक्रमहरु अन्तर्गत कृष्ण जन्माष्ठमी महोत्सव कार्यक्रम मनाएको छ ।

कार्यक्रमको शुरुमा कक्षा नर्सरीदेखि कक्षा पाँचसम्मका विद्यार्थीहरु राधाकृष्ण तथा गोपीनीहरुको भेष धारण गरी मञ्चको रोनक बढाएका थिए । उक्त कार्यक्रममा कक्षा दुईदेखि कक्षा नौसम्मका विद्यार्थीहरुले फरक–फरक गीतमा नृत्यका साथै नाटक मार्फत राधाकृष्णको जीवनीका विषेश क्षणहरु कृष्णजीको रासलीला, कंशमर्दन तथा कुप्प्रीसँगको लिला आदी प्रस्तुत गरिएको थियो ।

नाट्य प्रदर्शनका क्रममा कृष्णको भुमिका समर्पण खनाल, राधाको भुमिका सर्बश्री भट्टराई, कंशको भुमिका आर्यन मण्डल, कुप्प्रीको भुमिका युनिसा दाहाल तथा कक्षा आठ र नौ का विद्यार्थीहरुले गोपिनी र अन्य भुमिका निर्वाह गरेका थिए ।

कार्यक्रमलाई सफल पार्न विशेष भुमिका निर्वाह गर्नुहुने शिक्षकशिक्षिकाहरु लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्लग्न रहेका संपुर्ण शिक्षक–विद्यार्थीहरु लाई स्कुलका प्रिन्सिपल मणीराज भट्टराईले धन्यवाद दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५