खबर पूर्वाञ्चल
होम आईसोलेसनमा रहेकाहरुको घरमा पुगेर सेनिटिराईजर, मास्क, ग्लोब्स वितरण गरिएको वडाकमिटी अध्यक्ष राम पोखरेलले बताए । उनका अनुसार संक्रमितलाई घरेलु औषधिहरु गुर्जाे, दालचिनी, अदुवा, वेसारपनि वितरण गरिएको छ । होम आईसोलेसनमा रहेकाहरुको घरलाई निर्मलीकरण पनि गरिएको अध्यक्ष पोखरेलले बताए ।
वडा नं. ८ का १७ जना कोरोना संक्रमितहरु होम आईसोलेसनमा रहेको उनले बताए । संक्रमितहरुको स्वास्थ्यअवस्था सामान्य रहेको नगर कमिटी सदस्य एवं वडा सहइन्चार्ज सरस्वती ओझाले बताइन् ।
स्वास्थ्य सामाग्री र घरेलु औषधि लिएर वडा कमिटी सदस्य भुवन राजवंशी, पवित्रा राय लगायतको टिम खटिएको थियो ।