खबर पूर्वाञ्चल
करिब पाँच दिन अगाडी मृत्यु भएकोे देखिने ३०–३५ उमेरका पुरूषको आज दिउँसो शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
मृत भेटिएका पुरुषको पहिचान खुलेको छैन । तराई बासी जस्तो देखिने पुरुषको शव भेटिएपछि मोरङ प्रहरीले घटना मुचुल्का उठाएर पोस्मार्टम गर्न कोशी अस्पतालमा लगिएको छ । पहिचान नखुलेको पुरुषको शव नहरको ढिलमा रहेको टिनको छाप्रो भएको ठाउँमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटना स्थल पुगेर घटनाको अनुसन्धान गर्दै आएको प्रहरीले जनाएको छ ।