AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा एसईई परीक्षा दिएका विद्यार्थीलाई अभिमुखीकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ चैत्र २०८१, शुक्रबार १८:०६
81
Shares
विराटनगर /एसईई परीक्षा दिएका विद्यार्थीहरूका लागि अक्सफोर्ड कन्सलटेन्सी र इडुमार्क कन्सलटेन्सीले शुक्रबार एक विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

उच्च शिक्षामा अध्ययन गर्न विद्यार्थीहरूलाई सहजीकरण गर्ने उद्देश्यले आज विराटनगरमा यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा अक्सफोर्ड कन्सलटेन्सीका संचालक दुर्गेश साहले विद्यार्थीहरूलाई उच्च शिक्षाका विभिन्न अवसरहरूबारे जानकारी गराए। ‘एसईई परीक्षा दिएपछि विद्यार्थीहरूले आफ्नो भविष्य निर्माणका लागि सही शैक्षिक मार्ग छनोट गर्नुपर्छ,’ उनले भने ।

सगरमाथा स्कूलका प्रिन्सिपल त्रिलोचन गौतमले विद्यार्थीहरूलाई उच्च शिक्षामा विषय छनोटका बारेमा महत्वपूर्ण सुझाव प्रदान गरे। उनले भने ‘आफ्नो रुचि र क्षमताका आधारमा विषय छनोट गर्नुहोस् जसले तपाईंको भविष्य उज्यालो बनाउन सकोस्, ’ प्रिन्सिपल गौतमलले भने ।

इडुमार्क कन्सलटेन्सीका संचालक कविराज पौडेलले रोजगारमूलक शिक्षाको महत्त्वमा जोड दिए। उनले विद्यार्थीहरूलाई आधुनिक श्रम बजारका आवश्यकताहरूअनुसार अध्ययन गर्न आग्रह गरे।

कार्यक्रममा विभिन्न विषयका विज्ञहरूले विद्यार्थीहरूका जिज्ञासाहरूको समाधान गरे र उनीहरूलाई भावी शैक्षिक यात्रामा मार्गदर्शन गरे।

यो अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक र पेशागत भविष्य निर्माणमा महत्वपूर्ण सहयोग पुर्याएको छ। कार्यक्रममा एसइइ परीक्षा दिएका दुई सय बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर