प्रदेश १ मा १७४० संक्रमण मुक्त हुँदा ३७१ जनामा संक्रमण पुष्टि, १२ जना संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, ४ असार २०७८, शुक्रबार १७:४७

विराटनगर / प्रदेश १ मा पछिल्लो २४ मा १७४० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३७१ जनामा कोरोनाको नयाँ विमारी थपिएका छन् ।

संक्रमणमुक्त हुनेमा ७७७ महिला र ९६३ पुरुष रहेका छन् । सवैभन्दा बढी मोरङबाट ६८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५४११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थपिएको ३७१ जना संक्रमित सवै भन्दा बढी मोरङमा १५२, सुनसरीमा १०२, झापामा ७२, इलाममा ७, पाँचथर, ते¥हथुम र भोजपुरमा ५–५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७८, बेलबारीमा २७, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचा र उर्लाबारीमा ७–७, बुढीगंगामा ५, सुनबर्षी र कटहरीमा ४–४, केराबारी र रतुवामाईमा २–२, ग्रामथान, जहदा, लेटाङ, मिक्लाजुङ र रंगेलीमा १–१, सुनसरीको धरानमा २९, इटहरीमा २८, बराहक्षेत्रमा २२, दुहवी र रामधुनीमा ६–६, गढीमा ४, इनरुवामा ३, बर्जुमा २, हरिनगर र भोक्राहामा १–१, झापाको विर्तामोड र मेचीनगरमा१६–१६, भद्रपुरमा १४, कनकाईमा ९, दमकमा७, गौरादहमा ५, अर्जुनधारामा ३, हल्दिबारी र बुद्धशान्तिमा १–१जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि इलामको इलामनगरपालिका र सुर्योदयमा २–२, माई, चुलाचुली र रोङमा १–१, पाँचथरको हिलिहाङमा १ र स्थानीयतहनखुलेका ४, ते¥हथुमको म्याङलुङमा ३ र स्थानीयतहनखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ३ र अरुणमा २, संखुवासभाको सभापोखरी र चैनपुरमा २–२, धनकुटाको छथर र चौविसेमा १–१, ताप्लेजुङको फुङलिङ रउदयपुरको त्रियुगामा१–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ६७५९९ पुगेको छ । सक्रिय संक्रमितका संख्या १२४०२ रहेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ भर १२ जना कोरोनाका विरामीको मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३२३ महिला र ७६१ जना पुरुष गरी १०८४ पुगेको छ ।

मृत्यु हुनेमा सवैभन्दा बढी मोरङका ७ जना, झापाका ४ जना र सुनसरीका १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सवैभन्दा धेरै झापाको मेची कोभिड अस्पतालमा ४ जना, विराटनगरको नोवेल शिक्षण अस्पतालमा ३ जना तथा विराटनगरकै न्यू कोभिड अस्पताल र कोशी कोभिड उपचार केन्द्रमा २–२ जना, धरानको विपीमा १ जना विरामीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५