AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको कोशी कोभिड अस्पतालमा थप एक जना संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० भाद्र २०७७, शनिबार १२:३१
1.29k
Shares
विराटनगर/ विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।                                                                                                             कोशी अस्पतालको आइसोलेशनबाट रिफर गरिएको मोरङ धनपालथान गाउँपालिकाको ५२ वर्षिय पुरूषको आज विहान ११ बजे मृत्यु भएको हो ।
स्वावप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेनमा भर्ना गरिएको उनको हिजो राती स्वास्थ्यमा थप समस्या आएपछि कोभिड अस्पतालमा भर्ना गरेर उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका फिजिसियन डा. लक्ष्मीनारयण यादवले जानकारी दिए । मृतकको  आजै कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।                                                                                                                   मोरङमा    हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर