AArya
animated ellipse animated ellipse

एस्पायर कलेजमा कोरियन बिश्वबिद्यालयबाट ५० लाख बराबरको छात्रावृति प्रदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ जेष्ठ २०८०, बिहीबार १९:२०
171
Shares
विराटनगर / विराटनगर–१४ मा अवस्थित काठमाडौं विश्वबिद्यालयको साझेदारी कार्यक्रमका रूपमा संचालित एस्पायर कलेजमा कोरियन विश्व विश्वविद्यालय चिन्जु नेशनल युनिभरसिटि अफ एजुकेसनका प्रोफेसर डा. होङले भ्रमण गरेका छन् ।

लुपिक प्रोजेक्टका प्रोजेक्ट मेनेजर समेत रहेका प्रोफेसर होङ काठमाण्डौं विश्वविद्यालयले आयोजना गरेको एस्पायर कलेजका बिद्यार्थी तथा अभिभावकसगको अन्तरकृयात्मक कार्यक्रमका सहभागी एका हुन् ।
कार्यक्रममा आफ्ना भनाइ राख्दै प्रोफेसर होङले भने शिक्षा सामाज रूपान्तरणका लागी हुनुपर्छ । यसका लागि सर्वप्रथम शिक्षक नै सम्वाहक बन्नसक्छ । दक्षिण कोरियाले आज जे जति विकास गरेको छ भने त्यो शिक्षाबाट मात्र सम्भव भएको हो । त्यसैले हामीले नेपाल जस्तो उच्च सम्भावना बोकेको देशमा पनि शिक्षा मार्फत परिवर्तन ल्याउने दुरगामि परियोजना लिएकाछौं ।

कार्यक्रममा बाल्दै प्रो. होङले एस्पायर कलेजको विद्यार्थीहरू प्रतीको लागाव र लगानि, काठमाण्डौं विश्वविद्यालयको मुल्य र मान्यता, सिकाईको प्रभावकारीता र विद्यार्थीहरूको समग्र प्रगती देखेर छात्रावृत्ति प्रदान गरेको बताए । एस्पायर कलेजमा बि.टेक. एड. आई.टी अध्ययनरत सम्पुर्ण विद्यार्थीहरूलाई छात्रावृत्ति प्रदान गरिएको हो जसको कुल रकम ५० लाख भन्दा बढी हुन आउछ ।

कलेजका प्रिन्सपल सिएम बस्नेतले आफुले लिएको २० औं वर्षको लामो शैक्षणिक अनुभव अनुसार विद्यार्थीहरूलाई जीवनपयोगी शिक्षा दिने र काठमाण्डौं विश्वविद्यालयको शैक्षणिक अभ्यास र परम्परालाई पुर्णतः आत्मसात गर्ने बताए । एस्पायर कलेजबाट ब्याचलर गर्ने विद्यार्थी कुनै पनि हालतमा गरीखाने बन्ने र सिप, सस्ंस्कार र प्रवाधिमैत्रि बन्ने प्रमुख बस्नेतले बताए ।

साथै कोभिड–१९को महामारीले थला परेको हाम्रो जस्तो देशमा कोरियन युनिभर्सिटीले विद्यार्थीको उन्नती प्रगतीका लागि देखाएको चिन्ता सर्हानिय छ । कलेज समग्र रुपमा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेको र सोही अनुसारका बिषयहरु अध्यापन गराइएको हुँदा कोशी प्रदेश तथा मधेस प्रदेशका बिद्यार्थीहरु लाभान्वित हुनसक्ने अवस्था रहेको र कोरियन बिश्वबिद्यालयको छात्रवृत्तिले अझ बिद्यार्थी र अभिभावकलाई प्रेरणा जगाएको उनले बताए ।

कार्यक्रममा कलेजका आइ टि संकायका को–अर्डिनेटर खेमनाथ खतिवडाले कोभिडका कारण थलिएको अर्थ तन्त्र र यसले समग्र बिश्वमा पारेको असरका बाबजुत पनि कोरियन छात्रवृत्ति प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे । साथै यसबाट बिद्यार्थीलाई आफ्नो शैक्षिक अभिवृद्धिका लागि ठूलो सघाउ पुर्याउने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा काठमाण्डौं विश्वविद्यालय स्टिम एजुकेशनका हेड अफ डिपार्टमेन्ट एसिस्टेन्ट प्रोफेसर बिनोदप्रसाद पन्तले विराटनगरका तथा आसपासका क्षेत्रका २० बटा विद्यालयका नेतृत्वकर्ताहरूसँग स्टिम एजुकेसन सम्बन्धि अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको बताए ।

अन्तर्कृयामा विभिन्न बिधालयबाट उपस्थित प्रधानाध्यापक तथा संचालकहरुले यस विषयमा आफ्नो जिज्ञासा राखे ।
एस्पायर कलेजमा काठमाण्डौं विश्वविद्यालयबाट साझेदारी रूपमा बिटेक एडआईटी र बिपिएच। (ब्याचलर अफ प्रोफेशनल हस्रिटालिटी–होटेल म्यानेजमेन्ट) कार्यक्रमहरू सञ्चालनरहेका छन् । विश्वविद्यालयले यही अगस्ट पहिलो हप्तादेखि दुवै कार्यक्रममा नया भर्नाको शुरूवात समेत गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर