AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बामगठबन्धन प्रिय लाग्ने शब्द मात्रै हुन : पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७९, मंगलवार १४:१८
135
Shares
विराटनगर / नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले प्रतिनिधी सभाको निर्वाचनमा एमाले कसैसँग गठबन्धन नगरि एक्लै चुनावमा लडने बताएका छन् ।

प्रेस चौतरी प्रदेश १ ले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालले तत्काल राष्ट्रिय स्थरको गठबन्धन पक्षमा नभएको बताएका हुन् ।

‘बाम गठबन्धन प्रिय लाग्ने शब्द मात्र हुन् । अहिले नै गठनबन्धन हुन सक्दैन,’ उनले भने, ‘ राजनैतिकमा सम्भावना भन्ने कुरा चाही हुदैन । तर, अहिलेको यो अवस्थामा बाम गठबन्धन आवश्यक छैन । त्यसैले अहिले बजारमा हल्ला भएजस्तो गठबन्धन हुनै सक्दैन ।’

स्थानीय तहको निर्वाचनमा सम्भवना भएसम्म तालमेल गरेर अगाडी बढेपनि प्रतिनिधी सभाको निर्वाचनमा कुनै तालमेल नगरि एमाले अगाडी बढ्ने उनले प्रष्ट पारेका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानमा व्यवस्था भए अनुसार संघियताको परिकल्पना भएकोले खारेजी गर्ने परिकल्पना कसैले गर्न नहुने बताए । ‘कसैले एउटा चाहेर खुसुक्क हटाउने त्यो केटाकेटीको खेल होइन् । संविधान राष्ट्रिय दस्ताबेज हो । जुन दस्ताबेज निर्माणमा नेपालका सबै राजनैतिक दल एकजुट भएका छन् । त्यसैले बाहिरको हल्लामा जानुहुदैन,’ उनले भने ।

उनले धरातलीय यथार्थमा रहेर संविधानका विषयमा सर्वपाक्षीय छलफल गर्न बताए । आगामी संघ र प्रदेशको निर्वाचनमा श्रेष्ठता हासिल गर्ने विषयमा एमाले पार्टी अघि बढिरहेको समेत उनको भनाई छ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले सरकार देश बनाउने, राष्ट्रिय स्वभिमान, अखण्डता र स्वतन्त्रताको विषयमा कमजोर देखिएको धारणा राख्दै प्रदेश १ को नामकरण प्रदेश सभाको एकल अधिकारको विषय भएको बताए । उनले प्रदेशको नामकरणका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुने किसिमको हुनु पर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर