AArya
RUMPUM
animated ellipse animated ellipse

आइतबारदेखि विद्यालय सञ्चालनमा आउने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ भाद्र २०८२, शनिबार १४:४८
45
Shares
विराटनगर / जेनजी आन्दोलनका कारण बन्द भएका विराटनगर महानगरपालिकाभित्रका संस्थागत विद्यालयहरू आइतबारदेखि पुनः सञ्चालनमा आउने भएका छन् ।

आन्दोलनका कारण असहज बनेको परिस्थितिलाई मध्यनजर गर्दै भदौ २४ गतेदेखि बन्द गरिएका विद्यालयहरूमा अब नियमित पठनपाठन सुचारु हुने भएको हो ।

संस्थागत विद्यालयहरूको संगठन प्याब्सन, मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य बनेसँगै विद्यालय सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार, जिल्ला प्रशासन कार्यालयले आजदेखि कफ्र्यु र निषेधाज्ञा हटाएकाले विद्यार्थीहरूको सुरक्षा सुनिश्चित भएको छ । ‘अब कुनै पनि किसिमको अवरोध छैन, त्यसैले हामीले आइतबारदेखि नियमित रूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छौँ,’ बस्नेतले भने ।

आन्दोलनका क्रममा विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको थियो । स्थिति सामान्य भएसँगै महानगरपालिकाका सबै विद्यालयले आइतबारदेखि पठनपाठनलाई निरन्तरता दिने तयारी गरेका छन् । यस निर्णयसँगै विद्यार्थीहरू पुनः आफ्नो शैक्षिक गतिविधिमा फर्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर