प्रदेश १ मा थपिए २८४ जनामा संक्रमण

खबर पूर्वाञ्चल, ७ आश्विन २०७८, बिहीबार १८:१९

विराटनगर / प्रदेश १ मा आज थप २८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ५४, सुनसरीमा २४, इलाममा ६, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा १४, मेचीनगरमा १२, अर्जुनधारा र कनकाईमा ११–११, दमकमा ८, बुद्धशान्तिमा ५, भद्रपुर र कमल गाउँपालिकामा ४–४, झापा गाउँपालिकामा ३, गौरादहमा २, शिवसताक्षी, गौरीगञ्ज र हल्दिबारीमा १–१, मोरङको विराटनगरमा ३१, केराबारीमा ५, पथरीशनिश्चरे र उर्लाबारीमा ४–४, कटहरीमा ३, कानेपोखरीमा २, सुनबर्षी, जदहा, रंगेली, बुढीगंगा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको इटहरीमा १४, इनरुवा, बराहक्षेत्र, धरान र बर्जुमा २–२, रामधुनी र दुहवीमा १–१, इलामको इलाम नगरपालिकामा ४, देउमाई र माईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, उदयपुरको बेलका र चौदण्डीगढीमा १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२५ महिला र १२१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५