रिलायन्सलाइफले ग¥यो मृत्यु दाबी भुक्तानी

खबर पूर्वाञ्चल, १३ आश्विन २०७९, बिहीबार १८:५७
432
Shares
विराटनगर / रिलायन्सलाईफ इन्सुरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी मृतक कृत्यानन्द शर्मा सुतिहारको इच्छाएको व्यक्ती सीमादेवी शर्मा सुतिहारलाई प्रदान गरेको हो ।

मोरङ जहदा १ का वडाध्यक्ष बाबुराम राजवंशी, रिलायन्स लाइफ इन्सोरेन्सका प्रदेश प्रमुख क्षितिज घिमिरे र विराटनगर शाखा प्रमुख परमा काफ्ले संयुक्त रुपमा विमावापत ३ लाख र वोनसबापत ३३ हजार रुपैयाँसहित ३ लाख ३३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

मृतक कृत्यानन्द शर्मा सुतिहारले ४ वर्षको ४ किस्ता रकमबापत ७२ हजार रुपैयाँ भुक्तानी गरेका थिए । उनले ३ लाख रुपैयाँको विमा गरेका कारण बिमकको मृत्यु पश्चात विमा दाबीबापत विमाङ्क रकम ३ लाख र बोनस ३३ हजार रुपैयाँ भुक्तानी गरिएको रिलायन्स लाइफ इन्सोरेन्स प्रदेश १ का प्रमुख क्षितिज घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार वित्तीय शुशासन राम्रो भएको विमा कम्पनी भएकाले रिलायन्सले समयमै दाबी रकम भुक्तानी गर्दै आएको छ ।

मृत्यु दाबी भुक्तानी कार्यक्रममा चिफ एजेन्सी म्यानेजर नवराज निरौला,कृष्ण मास्के, एजेन्सि म्यानेजर बुद्धदेव यादव, सोनु केवट, वडाका जनप्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५