खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिका–९ महेन्द्र चोकमा रहेको सनराइज इन्टरप्राइजेज नामक मोबाइल पसलमा तेस्रोपटक चोरी भएको हो । उक्त पसलमा यसअघि २ पटक चोरी भइसकेको छ । एउटै पसललाई लक्षित गरेर बारम्बार चोरी भइरहे पनि प्रहरीले घटनामा संलग्नको पहिचान गर्न सकिरहेको छैन ।
पसलका सञ्चालक मधु राईले सामाजिक सञ्जालमा आफ्नो पसल चोरी भएको र प्रहरी प्रशासनबाट कुनै सहयोग नपाएको गुनासो पोखेका छन् । यसअघिको घटनामा सहयोग नपाएकै कारण पछिल्लो चोरीको जानकारी प्रहरी प्रशासनलाई नदिएको उनले बताए ।
राईको मोबाइल पसल महेन्द्र चोकको पूर्वतर्फ छ । प्रत्येक दिन राति ८ः३० बजेतिर पसल बन्द गरेर घर जाने गरेको बताउँदै, राईले भने, ‘शुक्रबार राति पनि सोही समयमा बन्द गरेर गएको थिएँ । तर, विहान ९ बजेतिर पसल खोल्न आउँदा पसलभित्र सामान छरपस्ट थियो । पसलको माथिपट्टि रहेको सानो ‘भेन्टिलेसन’ फुटाएर चोर भित्र छिरेको राक्षर््ले बताए । यसबाहेक अन्यत्र ठाउँ नै छैन पसलभित्र पस्नका लागि । त्यही ‘भेन्टिलेसन’ भत्काएर पसेको चोरले सामान चोरेपछि त्यहीँबाट बाहिर निस्किेको हुनुपर्छ ।’
विगतजस्तो धेरै मूल्यको सामान यसपटक चोरी नभएको उनले बताए । शुक्रबार राति चोरले करिब २०–२५ हजार जतिको मोबाइल चोरी गरेर लगेको उनको भनाइ छ । थोरै मूल्यको सामान चोरी भयो भन्दा पनि चोर पल्कियो भन्ने चिन्ता लागेको बताउँदै राईले भने, ‘मेरो पसलमा अहिलेसम्म तेस्रोपटक चोरी भइसकेको छ । २०७७, २०७८ र अहिले २०८१ गरेर ३ पटक चोरी भइसक्यो । यसअघि २ पटक चोरी हुँदा लाखौं रुपैयाँको विभिन्न ब्राण्डका मोबाइल, ट्याब, स्मार्ट घडी चोरी भएको थियो । त्यसपछि मैले महँगा मोबाइल पसलमा राख्न छाडे । घर जाँदा सुरक्षित ठाउँमा राख्ने गरेको छु । यसपटक सस्तो मोबाइल र घडी चोरी भएको छ ।’
राईले आफ्नो फेसबुकमा लेखेका छन्, ‘२०८१र१२र२९ चैत शुक्रबार राति मेरो पसल विराटनगर महेन्द्र चोकमा अव्यवस्थित सनराइज इन्टरप्राइजेजमा फेरि चोरी भयो । योसहित ३ पटक मेरो पसल चोरी भइसक्यो पहिला २ पटक पुलिस प्रशासनलाई जानकारी गराइयो । तर, कुनै पनि राहत मिलेन । यो पटक चाहिँ पुलिस प्रशासनलाई कुनै जानकारी गराउन उचित लागेन , पुलिस प्रशासन अनि शान्ति सुरक्षा रुरुरु मलाई चाई गरेर खान नदिने भो माका चोर डाकाहरु ले ’ ।
राईका अनुसार यसअघि चोरीका मोबाइल फेला परेनन् । चोर पनि प्रहरीले पत्ता लगाएन । मोबाइल पसलबाट यसअघि २ पटक लाखौं रुपैयाँ बराबरको नयाँ र पुरानो मोबाइल चोरी भएको र हालसम्म पनि चोरी गर्ने समूह प्रहरीले पत्ता लगाउन नसकेको पीडा उनले सुनाए । राईले भने, ‘प्रहरीले यसअघिकै घटना टुंगोमा पुर्याउन सकेन । त्यही भएर पनि यसपटक खबर गरिन । उनीहरुलाई खबर गर्यो भने आउने र सोधपुछ मात्रै गर्ने गर्छन् । अनुसन्धान प्रभावकारी नहुने भएकाले खबर गर्न उचित ठानिन ।’
उनले राम्रोसँग अनुसन्धान गर्ने भएको भए यसअघि २ पटक पसल चोरी गर्नेलाई किन प्रहरीले पक्राउ गरेन रु भनेर प्रश्न गरेका छन् । ‘मेरो मात्रै होइन, भखैरै मोरङको उर्लाबारीको मुख्य बजारमै रहेको मोबाइल पसलबाट करोडौं मूल्य बराबरका विभिन्न ब्राण्डका मोबाइल चोरी भए खै त त्यहाँको चोरी गर्ने गिरोहलाई पक्राउ गरेको,’ राईले भने ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले विराटनगरमा मोबाइल पसल चोरी भएको खबर प्रहरीलाई प्राप्त नभएको बताए । ‘घटनाको जानकारी आउनु पर्यो नि प्रहरी कहाँ । त्यहाँ चोरी भएको हो वा होइन भन्ने अहिले केही भन्न मिल्दैन । हाम्रो टोलीले सम्बन्धित ठाउँमा पुगेर प्रारम्भिक अनुसन्धान गर्न पाएकै छैन । त्यो मोबाइल पसल चोरी भएको भए पसल धनीले किन प्रहरीलाई खबर नगरेको रु उहाँले घटनाको जानकारी गराएपछि सहयोग नगरेको भए भन्न मिल्छ ।’
पसल धनी राईसँग बुझ्दा थोरै रकमको भएकाले प्रहरीलाई खबर नगरेको बताए । उर्लाबारीको पसलबाट चोरी भएका धेरै मोबाइलहरु भारतीय प्रहरीको सहयोगमा त्यहाँबाट ल्याएर सम्बन्धित पसल धनीलाई बुझाएको एसपी चिमरियाले बताए ।