कोशी कोभिड अस्पतालमा कोरोना सङ्क्रमित ८ जनाको एकै दिन मृत्यु

खबर पूर्वाञ्चल, ६ जेष्ठ २०७८, बिहीबार १६:२३

विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा रहेकोे कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकै दिन ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा हिजो अपराहदेखि आज विहानसम्मा थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

आज विहान ६ बजे विराटनगर ८ का ७६ वर्षीय वृद्धको मृत्यु भएको छ । वैशख ३० गते अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै विहान करिब ३ः३० बजे इनरुवा नगरपालिका– ३ सुनसरीका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । मृतक वैशाख ३१ गते उपचार केन्द्रमा भर्ना भएका थिए ।

आजै विहान साढे १ बजे सिरहा घर भएकी ५० वर्षीय महिलाको मृत्यु भएको छ । उनलाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।

उपचार केन्द्रका अनुसार हिजो दिउँसो विराटनगर महानगरपालिका– १० का ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । उनलाई वैशाख २९ गते भर्ना गरिएको थियो ।

हिजो दिउँसो नै विराटनगर महानगरपालिका– ९ का ८६ वर्षीय वृद्धको मृत्यु भएको थियो । उनलाई पनि वैशाख ३१ गते नै अस्पताल भर्ना गरिएको थियो ।

यस्तै इटहरी– ७ सुनसरीका ३० वर्षीय पुरुषको हिजो दिउँसो मृत्यु भएको हो । उनलाई वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो । वैशाख २९ गते भर्ना भएका विराटनगर महानगरपालिका– ८ का ४६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको हिजो अपरान्ह मृत्यु भएको थियो ।

विराटनगर महानगरपालिका– ९ का ५५ वर्षीय पुरुषको पनि कोशी कोभिडमा नै मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई वैशाख २७ गते अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५