animated ellipse animated ellipse

मुर्ती चोरी गर्ने पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ भाद्र २०७७, मंगलवार १२:०३
396
Shares
सोलु /सोलुखुम्बु दुधकुण्ड-८ चागेस्थान स्थितमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने १ जना पक्राउ परेका छन ।                                                                        पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन ।  हिजो दिउसो साढे १२ बजे मन्दिरबाट दुई वटा  सिंहको मुर्ती हराएपछी मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछी राती पौने ११ बजे जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण-११ स्थितमा रहेको एक होटलबाट उनले चोरी गरी लगेको मुर्ती सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उपर कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर