RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा ८ लाख ९३ हजार बालवालिकालाई दादुरा –रूबिला खोप लगाइने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ फाल्गुन २०८०, शुक्रबार १८:५७
144
Shares
विराटनगर / कोशी प्रदेशमा ८ लाख ९३ हजार ९३४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ ।

आउँदो फागुन १३ गतेदेखि सुरु हुने अभियान अन्तर्गत ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन लागिएको हो ।

स्वास्थ्य निर्देशनालय कोशी प्रदेशले विराटनगरमा आज आयोजना गरिएको कार्यक्रममा ८ हजार ३६६ खोप केन्द्रबाट बालवालिकाहरुलाई दादुरा –रुबेला खोप लगाउने खोप अधिकृत उदय श्रेष्ठले जानकारी दिए । बालवालिकालाई खोप लगाउन २० हजार ९९० स्वास्थ्यकर्मी परिचालन हुने उनले बताए । २५० बालवालिका बराबार एउटा खोप केन्द्र बनाएको उनले बताए । ‘अधिकाशं खोपकेन्द्रहरु विद्यालयहरुमा बनाएका छन् । १० वर्ष मुनिका बालवालिकाहरु विद्यालयमा हुने भएकाले अधिकाशं खोपकेन्द्रहरु विद्यालयमा छन्,’ उनले भने, ‘प्राथामिक स्वास्थ्य केन्द्रहरुबाट पनि खोप लगाइन्छ ।’

गत वर्ष कोशी प्रदेशमा ९५ प्रतिशत बालवालिकाहरुलाई खोप लगाएको अभिलेखमा देखिन्छ । गत वर्ष कोशी प्रदेशको सुनसरी र मोरङमा मात्र दादुरा देखिएको छ । गत वर्ष सुनसरीमा ४२ र मोरङमा ४२ जना गरी ८४ जना बालवालिकाहरुमा दादुरु देखिएको खोप अधिकृत श्रेष्ठले बताए ।

फागुन १३ गते विराटनगर – १३ स्थित जनविकास उच्च माविमा खोप लगाएर कार्यक्रमको शुभराम्भ गर्ने तयारी गरिएको छ ।

खोप कार्यक्रम अन्तर्गत दादुरा-रुबेलाको अलावा नियमित खोप नलगाएका बालबालिका पनि पहिचान गरेर खोप दिने तयारी रहेको छ । जस अन्तर्गत डिपीटी, पिसीभी र आईपिभी खोप लगाउने सरकारी योजना रहेको छ ।

सरकारले सन् २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्य राखेपछि पछिल्ला वर्षहरूमा मोरङ लगायत जिल्लामा दादुरा रुबेलाको संक्रमण अपेक्षाकृत रूपमा नघटेपछि सरकारले अभियानमा जोड दिएको हो ।

सरकारी तथ्यांक अनुसार हाल दादुरा रुबेलाको खोपमा ८४ प्रतिशत बालबालिकाको पहुँच पुगेको छ । तर, निवारणका लागि कम्तिमा ९५ प्रतिशत लक्षित समूहको खोपमा पहुँच पु¥याउनुपर्ने बाध्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर