खबर पूर्वाञ्चल
लगातार ४ खेलमा विजयी हुँदै ८ अंककासाथ सूदुरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको हो । सूदुरले अव उपाधिकालागि बुधबार लुम्विनीसँग प्रतिस्पधा गर्नेछ । सूदुरले अव लिगको अन्तिम खेल कोशी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ ।
विराटनगरको मेर्लिबोनज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा सूदुरले वागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको वागमतीले र्धिारित ५० ओभरको४१ ओभरमा सवै विकेट गु्माई १ सय १९ रन बनायो । वागमतीका रोशन विश्वकर्मालेअविजित ५६ रन बनाउँदा उत्तम मगरले २५ रनको योगदान दिए । सूदुरका यूवराजखत्रीले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५१ रन दिए । उनी खेलकोप्लेयर अफ द म्याच समेत भए ।
१ सय ३० रनकोविजयी लक्ष्य पाएको सूदुरले २८ दशमलव ५ बलमा ५ विकेट गुमाउँदै पार गरेको थियो। सूदुरका प्रकाश पाण्डे अविजित ५२ रन बनाउँदा नरेश भट्टले ३८ रनको योगदान दिए। वागमतीका दिपक सेरलाले सर्वाधिक २ विकेट लिए । सूदुरले खेलेको ५ खेलमा ४ माजित निकाल्दै ८ अंकका साथ दास्रो स्थानमा रहेर फाइनलको यात्रा तय गरेको छ भने वागमतीलेखेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथमा चौथो स्थानमा रहेकोछ ।
आजै बैजानाथपुरकोगिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई २ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङगरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३८ दशमलव १ बलमा सवै विकेट गुमाई १सय १ रनको योगफल बनायो । कर्णालीका अरविन्द्य खत्रीले सर्वाधिक ४६ रन बनाए । गण्डकी प्लेयरअफ द म्याच अपराजित पौडेलले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै१९ रन दिए ।
१ सय २ रनको लक्ष्यपाएको गण्डकीले २६ दशमलव १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । गण्डकीका रोहित चन्दले २२ रन बनाउँदा सिब्रिन श्रेष्ठले १९ रनको योगदान दिए ।
कर्णालीका युनिष ठकुरीले ४ विकेट लिँदा अनुज चनराले २ विकेट लिए । गण्डकीले सवै ६ खेल खैल्दा ३ माजित हात पार्दै तेस्रो स्थानमा रहेर प्रतियोतिाबाट बाहिरिएको छ भने कर्णालीलेखेलेको ५ खेलमै पराजित भई लिगको पुछारमा रहेको छ ।
सोमबारको खेलबैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कर्णाली र मधेश प्रदेश तथामेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र सूदुर प्रदेशबीच खेल हुनेछ ।
तपाईको प्रतिक्रिया