AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गिरिजाप्रसाद कोइरालाको स्मृतिमा जीपी फाउण्डेशन कोशी प्रदेश र मोरङ जिल्लाद्धारा विविध कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ चैत्र २०७९, मंगलवार १६:३१
207
Shares
विराटनगर / शिखर पुरूष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा जीपी कोइराला फाउण्डेशन कोशी प्रदेश र मोरङ जिल्ला कार्यसमितिले विविध कार्यक्रम सम्पन्न गरेको छ ।

फाउण्डेशनले कोशी अस्पतालमा फलफुल वितरण गर्नका साथै कोइरालाको तस्विरसहित नगरका विभिन्न भागको परिक्रमा गरी फुलमाला सहित श्रद्धाञ्जली अर्पण गरेको छ । फाउण्डेशन कोशी प्रदेशका अध्यक्ष राजेश गुप्ता र जिल्ला अध्यक्ष बेदमणी घिमिरेको नेतृत्वमा अस्पतालका १ सय ५० जना विरामीहरूलाई फलफूल वितरण गरेको थियो । यस्तै आज बेलुका रंगेली स्थित कालिमन्दिर छेउमा दीप प्रज्वलन समेत गरिने भएको छ ।

कार्यक्रममा फाउण्डेशन कोशी प्रदेशका निवर्तवान अध्यक्ष शैलेन्द्र सिवाकोटी, मोरङ जिल्लाका निवर्तवान अध्यक्ष कौशल निरौला, फाउण्डेशन नगरका अध्यक्ष प्रविन जोशी , कोशी अस्पतालका मेडिकल सपरिटेन्डेन्ट रविनराज सिंह, नेपाली कांग्रेसका सहसचिव भुवनेश्वर मण्डल,कांग्रेस युवा नेताहरु अरुण न्यौपाने, विनायक पन्त ,कांग्रेस जिल्ला सदस्यहरु देवचन्द्र घिमिरे ,विरेन्द्र साह, सत्रुधन रजक , फाउण्डेसका पदाधिकारीहरु लिला ढुङ्गेल,प्रकाश साह , स्वस्तिका पोखरेल,सुजन निरौला ,कांग्रेस रंगेली नगर सभापति जगरनाथ मण्डललगायतको सहभागिता रहेको थियो ।

फाउण्डेसन प्रदेश र जिल्लामा नयाँ नेतृत्व चयन भएपछिको यो पहिलो कार्यक्रम भएको जिल्ला अध्यक्ष बेदमणी घिमिरेले जानकारी दिए । प्रदेश र जिल्लाको पदस्थापन र कार्यसमिति विस्तारको काम बाकी रहेको र त्यसलाई पूर्णता दिए पछि सुभेच्छुक सवैलाई आमन्त्रण गरेर वृहत कार्यक्रम गर्ने योजना रहेको प्रदेश संयोजक राजेश गुप्ताले बताए । जिल्ला र प्रदेशको पदस्थापन यही महिना भित्रै गरिने फाउण्डेसनको पुरानो कार्यसमितिका पदाधिकारीहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर