व्यवसाय सीप विकास तालिम सम्पन्न

खबर पूर्वाञ्चल, ३ आश्विन २०७८, आईतवार १८:२२

बराहक्षेत्र / सुनसरीको बराहक्षेत्रमा व्यवसाय सीप विकास तालिम सम्पन्न भएको छ ।

साझा सवालका लागि साझा मञ्च (कोकन) को आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आयोजित तालिममा बर्जु गाउँपालिका, दुहबी नगरपालिका तथा बराहक्षेत्र नगरपालिकाका १५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण कमला न्यौपाने, पशु प्राविधिक रुप नारायण मेहता तथा कोकन का कार्यक्रम संयोजक हेमन्तराज पौडेलले गरेका थिए । तालिमका सहभागिहरुले बंगुरपालन र होटल व्यवसाय गर्ने कार्य योजना समेत निर्माण गरेका थिए ।

तालिम भदौ २९ देखि असोज २ गते सम्म आयोजना गरिएको कोकनका कार्यक्रम संयोजक पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५