RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ट्राफिक प्रहरीको माक्स अभियान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ भाद्र २०७८, मंगलवार १४:१७
846
Shares
विराटनगर / तपाईं प्रदेश १ को राजधानी विराटनगरमा यात्रा गर्दै हुनुहुन्छ, यदी हुनुहुन्छ भने अनिवार्य माक्स लगाउनूस् । नभए प्रहरीले समाउला ! पछिल्लो समय विराटनगरसहित प्रदेशमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण बढ्दै गएपछि विराटनगरको ट्राफिक चौकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ‘माक्स बैंक’ स्थापना गरि अनिवार्य माक्स लगाउने अभियान सञ्चालन गरेको छ ।

‘माक्स बैंक’ स्थापना गरि सचेतना अभियान सुरू गरेको मोरङका ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्र खड्काले जानकारी दिए । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि थप संक्रमण फैलिन नदिन प्रहरीले यस्तो अभियान सञ्चालन गरेको हो ।

महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण बाहिर जान थालेको र पछिल्लो समय मास्क पनि नलगाइ हिडडुल गर्न थालेपछि सचेतना अभियानसँगै विराटनगरको ट्राफिक चौकमा ‘माक्स बैंक’ स्थापना गरि अनिवार्य माक्स लगाउने अभियान सुरू गरेको ट्राफिक प्रहरी निरीक्षक खड्काले बताए । ‘सडकमा हिँड्नेदेखि सवारी साधनमा चढेनेसम्मलाई अनिवार्य माक्स गरेका छौं,’ उनले भने, ‘त्यसको लागि हामीले माक्स बैंक स्थापना गरेका छौं । पहिलो चरणमा माक्स अनिवार्य लगाउन सचेतना जागरुक गराउनेछौं ।’

माक्स लगाउँदा मात्र पनि कोरोना भाइरस संक्रमण केही हदसम्म नियन्त्रणमा सहयोग पुग्ने भन्दै प्रहरीले अनिवार्य माक्स अभियान सञ्चालन हो । माक्स लगाउन अटेरी गर्नेलाई संक्रमण ऐन २०२० बमोजिम कारबाही गरिने मोरङ प्रहरीले जनाएको छ । प्रहरीले पसल–पसलमा गएर व्यापारी र सेवाग्राहीलाई माक्स लगाउन अनुरोध गरेको छ भने पैदल तथा सवारी साधनमा हिँड्डुल गर्नेलाई पनि माक्स अनिवार्य गरेको छ ।

‘सामान किन्न जानेलाई पनि सम्झाउने गरेका छौं,’ ट्राफिक प्रहरी निरीक्षक खड्काले भने, ‘यसमा प्रहरीको मात्र दायित्व भनेर हुँदैन । नागरिक आफैँ सजग र सचेत हुन आवश्यक छ ।’ कोरोना भाइरसबाट बच्न स्वास्थ्य सुरक्षाका उपाय सिकाउँदै विभिन्न सरोकारवालाहरुको सहकार्यमा माइकिङ पनि प्रहरीले गर्ने गरेको छ । ‘सकेसम्म संक्रमणबाट जोगिन अभिप्रेरित गर्न खोजेका छौं । व्यक्ति स्वयम सचेत भएमात्र जोखिमबाट बच्न सिकने हो । त्यही भएर स्वास्थ्य मापदण्डको पालना अहिलेको आवश्यकता हो,’ खड्काले भने ।

मानिसलाई भीडभाड नगर्न, अत्यावश्यक कामबाहेक अरुबेला घरभन्दा बाहिर ननिस्किन, निस्के पनि अनिवार्य माक्स र कम्तिमा दुई मिटर भौतिक दूरी कायम गर्न अनुरोध पनि प्रहरीले गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सबै तहका प्रहरीलाई अनिवार्य माक्सको व्यवस्था गरिएको भन्दै उनले भने, ‘कार्यालयमा आउने सेवाग्राही पनि अनिवार्य माक्स लगाएर आउनुपर्ने छ । यदी माक्स प्रयोग नगरेकालाई कार्यालय आफैँ पनि मास्क उपलब्ध गराउने गरेको छ ।’

सर्वसाधारणहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा प्रहरी यसमा सक्रियता बढाएको हो । प्रहरीको यस अभियानलाई धेरैजसोले सकारात्मकरुपमा लिएका छन् । ट्राफिक प्रहरीले थालेको यस अभियानमा सबैले साथ सहयोग गर्नुपर्ने सामाजिक युवा अभियान्ता पेरिस सुवेदीले बताए ।

पछिल्लो समय प्रदेश १ मा देखिएको संक्रमण मध्ये सबैभन्दा बढी संक्रमित मोरङको रहेको छन् । मोरङको पनि विराटनगरम धेरै संक्रमित भेटिन थालेका छन् । विराटनगरमा सोमबारसम्ममा १२ हजार ७ सय २४ जना संक्रमित भएका छन् भने कोरोनाले १ सय ६७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर