animated ellipse animated ellipse

कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ श्रावण २०८१, शुक्रबार १७:२०
189
Shares
विराटनगर/ कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आज सरकारमा सहभागी मन्त्रीले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिएपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो ।

मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट भौतिक पूर्वाधार मन्त्री गणश उप्रेतीसँगै राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड पर्यटन वन तथा वातावरण राज्यमन्त्री छन् ।

१७ असारमा केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपनि प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको थिएन।

माओवादीले छाडेपछि कांग्रेसलाई सरकार प्रवेशको बाटो खुल्नेछ । नौं वटा मन्त्रालय रहेको कोशीमा कांग्रेसलाई ४ वटा मन्त्रालय दिने मुख्यमन्त्री कार्कीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर