देशको पहिलो प्राविधिक विश्वविद्यालयमा ईन्जिनियर पढन बिद्यार्थीको उच्च आर्कषण

खबर पूर्वाञ्चल, २४ कार्तिक २०७९, बिहीबार १३:०६
153
Shares
विराटनगर / देशकै पहिलो प्राबिधिक विश्व विद्यालयमा ईन्जिनियर पढन चाहने बिद्यार्थीहरुको आकर्षण अत्यधिक बढेको छ ।

प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राबिधिक विश्व विद्यालयको दोस्रौ शैक्षिक सत्रमा भर्ना भएर ईन्जिनियरिङग विषय पढन चाहने बिद्यार्थीहरुको आर्कषण अत्यधिक बढेको हो ।

दोस्रो शैक्षिक सत्रको भर्ना आवेदन खुल्ला भएपछि स्कुल अफ ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स ईन्जिनिरिङ बिषयमा स्नातक तहमा पढने पाँच सय बढी बिद्यार्थीहरुले आवेदन दर्ता गराइसकेको प्रविधिकि विश्व विद्यालयका डिन डा. प्रचण्डमान प्रधानले बताए ।

डिन प्रधानका अनुसार भौतिक पूर्वाधार सम्पन्न कक्षा कोठा , कमप्युटरीकृत पठनपाठन र परीक्षा प्रणाली अनि उच्च स्तरको गुणस्तरिय प्रयोगशाला र बिशिष्टकृत पाठयक्रम र महिला छात्राबाससहित आउन जान यातायातको समेत व्यवस्था भएकोले पहिलो शैक्षिक सत्रदेखि नै मनमोहनमा ईन्जिनियर पढन चाहने विद्यार्थीहरुको घुँईचो लाग्न थालेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५