AArya
RUMPUM
animated ellipse animated ellipse

करको दर संशोधन गर्न माग गर्दै पत्रकार महासंघ मोरङद्धारा महानगरपालिकाको ध्यानाकर्षण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ असार २०८०, मंगलवार १७:१६
216
Shares
विराटनगर / नेपाल पत्रकार महासंघ मोरङले विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सञ्चार क्षेत्रसँगं सम्वन्धित व्यवसायमा बृद्धि गरेको कर संशोधन गर्न माग गरेको छ ।

असार १० गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रसँग सम्बन्धित पेशा एवं व्यवसायमा लागू गर्न खोजिएको अव्यवहारिक करको दर प्रति नेपाल पत्रकार महासंघ मोरङले महानगरपालिकाका प्रमुख नागेश कोइरालाको ध्यानाकर्षण गराएको हो ।

महानगर प्रमुख कोइरालालाई बुझाईएको ध्यानाकर्षण पत्रमा भनिएको छ,‘ पछिल्ला समयमा सञ्चार क्षेत्र अत्यन्त संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । सञ्चार संस्थाहरू बन्द हुने र त्यहाँ कार्यरत श्रमजीवीहरू कामबाट धमाधम निकालिने क्रम बढ्दो छ । यही अवस्थामा कतिपय सञ्चारकर्मीहरूले स्वरोजगारमूलक व्यवसाय सुरु गर्ने प्रयास पनि गर्दै छन् । यस्तो अवस्थामा स्थानीय सरकार हुनुको नाताले त्यस्ता स्वरोजगारमूलक व्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो करको दायरामा ल्याउने नाममा तिनबाट ठूलो रकम कर असुल्ने महानगरपालिकाको नीति कुनै पनि आधारमा सञ्चारमैत्री मान्न सकिदैन ।’

अव्यवहारिक रुपमा गरिएको करको दरले महानगरमा रहेर सञ्चारसँग सम्बन्धित केही पेशा, व्यवासाय गर्छु भन्नेलाई प्रोत्साहन होइन हतोत्साहित गर्छ भन्ने महासंघको ठहर रहेको महानगर प्रमुख कोइरालाई बुझाईएको ध्यानाकर्षणमा उल्लेख छ । अहिलेको परिस्थितिमा सञ्चारसँग सम्बन्धित कुनै पनि स्वरोजगारमूलक व्यवसायलाई कर छुटको नीति लिई यस प्रकारका पेशा, व्यवसायलाई महानगरपालिले विशेष संरक्षण गर्न उपाध्यक्ष तारा आचार्यले महानगर प्रमुख कोइराला समक्ष आग्रह गरिन् ।

महानगर प्रमुख कोइरालाले ध्यानाकर्षण पत्र बुझ्दै करको दर संशोधन गर्ने प्रतिबद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर