खबर पूर्वाञ्चल
वार्षिक उत्सवको उद्घाटन विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरालाले गरे । उनले कार्यक्रममा बोल्दै प्रमुख कोइरालाले प्रविधिसहितको रोजगारमुखी शिक्षा अहिलेको आवश्यकता भएको बताए । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सँगै रोजगारमुखी शिक्षा दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रमा स्कुलका सञ्चालक भरतराज दाहाल र स्कुलका प्रिन्सिपल राजेश कार्कीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाकी नराखेको बताए । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापसँगै गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालय अगाडी बढेको प्रिन्सिपल कार्कीले बताए ।
सोही अवसरमा विद्यार्थीहरुले नृत्य, गायन, नाटक मञ्चन गरी सहभागि भएका अभिभावकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे ।
वार्षिक उत्सवको अवसर पारेर जेहन्दार विद्यार्थीहरुलाई पुरस्कृत पनि गरियो । अरनीको कलेजका पूर्व विद्यार्थी दिवश थापाले स्कुलमा स्थापना गरेको १८ लाखको अक्षय कोषबाट दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिएको छ । उक्त कोषबाट प्रकाश मण्डल र इछिन्सा राईले पूर्ण छात्रवृत्ती पाएका छन् । उनीहरुलाई कदर पत्रर र दोसल्ला ओढाएर सम्मान गरियो । यसैगरी दुई जना विद्यार्थीहरुलाई जनही १० हजार र दुई जना विद्यार्थीहरुलाई जनही पाँच हजारले पुरस्कृत गरियो ।
निलहरि भण्डारीले पनि स्कुललमा स्थापना गरेको अक्षयकोषबाट सबल दाहाललाई छात्रवृत्ती प्रदान गरिएको छ ।