animated ellipse animated ellipse

सामाजिक विकास मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरको विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ पुष २०७७, आईतवार १९:१५
1.19k
Shares
विराटनगर / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरको आज विदाई गरिएको छ ।

वर्तमान राष्ट्रिय राजनीति घटनाक्रममा कारण मन्त्रीको जिम्मेवारीमा रहेर कार्य गर्ने सक्ने अवस्था नभएको भन्दै उनीहरुले आज विहान राजीनामा दिएका थिए ।

मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा मन्त्री घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानको भावना विपरित रहेको बताए । उनले अकल्पनिय र कलंकित घटनाको समर्थन र स्वीकार गर्न आत्माले नदिएको बताए । २ बर्ष १० महिनामा सामाजिक विकास मन्त्रालयले उल्लेखनिय काम गरेको उनको भनाई छ । जिल्ला जनस्वास्थ्य कार्यालयको बोर्ड हटाएर मन्त्रालय शुरु गरिएको स्मरण गर्दै उनले भने‘ अहिले मन्त्रालय जस्तो भएको छ ।’

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कार्यलाई ठिक मान्न नसकेर राजीनामा दिएको बताए । उनले भनिन्,‘प्रतिनिधिसभा विघटन गर्ने कार्य ठिक भनेर सरकारमा बस्न उपयुक्त ठानिन ।’ प्रधानमन्त्री ओलीले मतदानको अवमूल्यन गरेको गजमेरले बताइन् ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले मन्त्री घिमिरेकोे कार्यको उच्च प्रशंसा गरे । कोरोना संक्रमणको उपचार तथा नियन्त्रण कार्यमा मन्त्री घिमिरेले अतुलनिय कार्य गरेको सचिव कार्कीले बताए ।
मन्त्री घिमिरेलाई मन्त्रालयका महाशाखा प्रमुख, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा मन्त्रालयका कर्मचारीहरुले विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर