प्रदेश १ बाट एकै दिन ७० जनाले कोरोना जिते, ७ थपिए

खबर पूर्वाञ्चल, ११ असार २०७७, बिहीबार १८:४५

विराटनगर / प्रदेश १ बाट आज एकै दिन ७० जना संङ्क्रमितले कोरोना भाइरस पराजित गर्दै घर फर्किएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना कोरोना मुक्त भएर घर फर्किएका हुन्। डिस्चार्ज हुनेमा मोरङका १२, झापाका २९,सुनसरीका २०, ईलामका २, उदयपुरका ४,पाँचथर,भोजपुर र ताप्लेजुङका १(१ जना डिस्चार्ज भएका हुन ।

आज डिस्चार्ज हुने जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् । डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. शैलेशमणि पोखरेल,स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेतलगायतले विदाई गरे ।

विहिबार ७० डिस्चार्ज भएसँग‌ै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ । प्रदेश १ मा आजै ७ जना संक्रमित थपिएका छन् । मोरङमा १, सुनसरीमा २ र झापामा ४ रहेका छन् । प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५