AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महानगरद्वारा तेक्वान्दो खेलाडीको विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ श्रावण २०८०, मंगलवार १८:४२
297
Shares
विराटनगर / सातौं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विराटनगर महानगरपालिकाले विदाई गरेको छ ।

यही अगस्त ४ देखि भारताको हैदरावादमा हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको एक समारोहका बीच महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले विदाई गरिन् । कोशी प्रदेशबाट १० जना खेलाडी र ३ जना रेफ्रीले प्रतियोगितामा सहभागिता जनाउने नेपाल तेक्वान्दो संघ कोशी प्रदेशका अध्यक्ष प्रविण कार्कीले जानकारी दिए । भारत जाने टोलीमा कार्कीसहित रेफ्री राजेन्द्र धिमाल र चन्द्रबहादुर तामाङसमेत रहेका छन् ।

त्यस्तै रजिना मगर भोजपुर, वीरबहादुर तामाङ भोजपुर, आलोक राई पाँचथर, रोशन मगर झापा रहेका छन् भने मोरङबाट नितेश खवास, केरिसा आचार्य, सविना मगर, सोमबहादुर राजवंशी, श्यामप्रसाद बास्कोटा, कुसुम राजवंशीले प्रतियोगितामा सहभागिता जनाउने कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर