AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खुट्टामा टाँचा लगाएको देखेपछि उखुबारीको खाल्डोमा भेटिएको शवको पहिचान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ माघ २०७८, शुक्रबार २२:१५
20.68k
Shares
विराटनगर /हत्या गरेपछि उखुबारीमा खाल्डो खनेर गाढेको अवस्थमा शव फेला परेको राजेन्द्र श्रेष्ठका परिवारले शवको सनाखद गरेपछि दाहासंस्कार गरेका छन् । शवको सनाखद गरेपछि उनीहरुले आफ्नो संस्कार अनुसार विराटनगरको हाटखोलामा आज अन्तिम संस्कार गरेका हुन् ।

बिहीबार भेटिएको शवसँगै कागजपत्रबाट पहिचान खुलेपनि खाल्डोबाट निकालिएको श्रेष्ठ अनुहार नचिनिने अवस्थमा थियो । शवसँगै नुन पनि हालेका कारण अनुहार नचिनिने अवस्था थियो । तर, प्रहरीले श्रेष्ठको साथदेखि सवारी चालक अनुमति पत्र फेला पारेपछि उनका आफन्तलाई जानकारी गरायो ।

शुक्रबार काठमाण्डौंदेखि श्रेष्ठका परिवार विराटनगर आएका थिए । ‘कोशी अस्पतालमा पोस्माट गरिन राखिएको बावुको दात खुट्टाको टाँचा लगाएको थियो । कुुकुरले टोकेपछि बुवाको खुट्टामा टाँचा लगाएको थियो । सो डोपको दाग सँगै बावुले लगाएको जुत्ता, टोपी र दाँत हेरेपछि बुवानै भएको पहिचान भयो,’ कान्छा छोराले भने, ‘बावुकै शव भएको पहिचान भएपछि खनाखद गरेर अन्तिम संस्कार गरेका छौं ।’

कडा कारवाहीको माग

व्यवसायी श्रेष्ठको हत्या गरेपछि उखुबारीमा खाल्डो खनेर हत्या गर्ने घटनाको निष्पक्ष छानविन गरि दोषीलाइ काडा कारबाही हुनुपर्ने माग राखेका छन् । मृतकका आफन्तहरुले प्रहरी प्रशासनले घटनाको सत्यतथ्य बाहिर ल्याएर अपराधि सार्वजनिक गर्नुको साथै घटनमा संलग्नलाई कडा भन्दा कडा कारावहीको माग राखेका छन् ।

मृतक श्रेष्ठका श्रीमति, २ छोरा र एक जना छोरी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर