animated ellipse animated ellipse

एमबीबीएस टपर भएकी अदितीलाई शिक्षादीप कलेजको सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ चैत्र २०७९, बिहीबार १६:२६
774
Shares
विराटनगर / चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा विराटनगरस्थित शिक्षादीपक केलजकी अदिती कुमारी जैन छात्रातर्फ एमबीबीएस इन्ट्रान्स टपर गरेकी छिन् ।

आयोगले फागुन २४ गते प्रवेश परीक्षा लिएको थियो । बुधबार निकालिएको नतिजामा शिक्षादीप कलेजमा अध्ययन गरेकी सुनसरीे हरीनग्रा गाउँपालिका – ४ की २० वर्षीया जैन प्रवेश परीक्षामा टपर भएकी हुन् ।

२ सय पूर्णांकमा १७१.५ अंकसहित प्राप्त गरेर सर्वोत्कृष्ट भएकी हुन् । एमबीबीएसको प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएपछि अदिती र उनका बावु अजयलाई आज कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी शिक्षादीप कलेजले सम्मान गरेको छ । अदितीलाई कलेज व्यस्थापन सिमितका अध्यक्ष तथा कोशी प्रदेशका साँसद भीम पराजुलीले सम्मान गरे ।

कार्यक्रममा अदितीका बुवा अजयले छोरीको मेहनतको कारणले आज सफलता मिलेको बताए । ‘पढाइमा छोरी सानैदेखि मेहनत गर्ने गरेकी थिइन् । आज आएर सफलता हात मिलेको छ,’ उनले भने, छोरी अघि बढ्दै गर । प्रगति गर । एकदमै खुशी छु ।’

सुनसरीको ग्रामिण क्षेत्रमा सामान्य परिवारमा वि.सं. २०५९ साल असोज ९ गते जन्मिएका हुन्, अदिती । उनका बुवा अजय हनीनग्रामा हार्डवयरको सामान्य व्यापार गर्दै आएका छन् । आमा सुदा घरको गृहणी हुन् । किसान परिवारमा जन्मिएकी अदिती उनको घरबाट विराटनगर पुग्न झण्डै ३० किलोमिटर लामो यात्रा तय गर्नुपर्छ । उनले हरीनग्राको सामुदायिक विद्यालयबाट एसइई दिइन् । उनले हरीनग्रा माविबाट ३.७ जीपीए ल्याएर एसइईमा उत्तिर्ण भइन् । वि.सं. २०७६ सालमा एसईई उत्तीर्ण गरे । ‘एसइईमा ३.७ जिपीए ल्याए,’ उनले भनिन । त्यसपछि उच्च शिक्षाका लागि उनी विराटनगर आइन् । विराटनगरस्थित शिक्षादीप कलेजमा अध्ययन गरिन् । उनले कक्षा ११ र १२ दुवैमा नै ३.७९ जीपीए ल्याएकी छिन् ।

सानैदेखिको चिकित्सक बन्ने सपना रहेको उनले सुनाइन् । ‘मैले एमबीबीएस पढ्छु भनेर संकल्प लिएको १० कक्षा पढ्दै गर्दा हो,’ उनले भनिने । ११ र १२ कक्षाको पढाइ नसक्दैं उनले चिकित्सा शिक्षा आयोगको पाठ्यक्रमलाई मध्यनजर गर्दै तयारी थालेका हुन् । ‘कलेजले पनि मलाई सपोर्ट गर्नुभयो । सरहरुले पनि गाइड गर्नु भयो,’ उनले आफ्नो सफलताको रहस्य खोल्दै भनिन्, ‘मैले त्यसरी पढे । एमबीबीएसको तयारीका लागि ५ घण्टाभन्दा बढी कुनै पनि दिन नपढ्को उनी सुनाउँछिन् ।

उनी धेरैजसो एक्सीलेन्स चिकित्सक जन्माउने त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा एमबीबीएस पढ्ने छिन् । एमबीबीएस अध्ययनका लागि आईओएम रोज्नुको पनि उनको आफ्नै तर्क छ । ‘किनकी यो पूरानो संस्था हो । बिरामीको फ्लो राम्रो हुन्छ,’ उनले भनिन्, ‘मैले त्यहाँ अवसर बढी पाउछु जस्तो लाग्छ । त्यो अवसर सदुपयोग गरेर राम्रो मुकाममा पुग्न चाहन्छु ।’

शिक्षादीपक कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले वातावरण, शिक्षकहरुको डिभोसनलगायतका कारण शिक्षादीपले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्ने गरेको बताउँछन् । ‘एमबीबीएको प्रवेश परीक्षामै शिक्षादीप कलेजमा अध्ययरत छात्राले देशभरीमा छात्रातर्फ टप गरिन्,’ उनले भने, ‘यसले शिक्षादीप कलेजलाई लाई गौरव गर्ने अवसर दिएको छ ।’ उनले अनुशासित, मेहनती र फरक गर्ने खुबी भएकै कारण अदिती जैनले प्रवेश परीक्षा टप गरेको बताए ।

कलेजका अध्यक्ष तथा कोशी प्रदेश सांसद भीम पराजुलीले अनुशासित, मेहनतको कारणले अदीतीले सफलता लिएको बताए । कलेजले गुणस्तरीय शिक्षा प्रदानमा कुनै सम्झौता नगरी अगाडी बढेको बताए । यसअघि पनि शिक्षादीप कलेजबाट अध्ययन गरेका थुप्रै विद्यार्थीहरुले एमबीबीएसको प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको कलेजका संचालक रामचन्द्र अधिकारीले बताए । यसअघि २०७१ सालमा पनि गौरव नेपालले एमबीबीएस प्रवेश परीक्षामा टप फोमा परेका थिए । यस्तै सुशिल यादव, सुजन पुरीलगायतका विद्यार्थीहरुले एमबीबीएसको प्रवेश परीक्षामा सर्वोउत्कृष्ट भएको उनले बताए । मेडिकल र इन्जिनियरिङ्गतर्फ शिक्षादीपबाट अध्ययन गर्ने विद्यार्थीहरुले प्रत्येक वर्ष छात्रवृत्तीमा नाम निकाल्ने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर