animated ellipse animated ellipse

नेपालकै चर्चित इन्डोक्राइन्लोजिस्ट डाक्टर अंशुमाली जोशी पुन : विराटनगर आउँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ मंसिर २०७८, बुधबार १७:०४
2.25k
Shares
विराटनगर / विराटनगर ९ रंगेली रोडमा रहेको ग्रीनक्रस अस्पताल परिसरमा रहेको नेपमेड्समा काठमाडौंका ख्याति प्राप्त डाक्टर अंशुमाली जोशी पुन: विराटनगर आउँने भएको छ ।

नेपमेड्सले नेपाल मै चर्चित इन्डोक्राइनलोजिस्ट डा. अंशुमाली जोशीको सेवा विराटनगरमा विरामीहरुको मागलाई मध्यनजर गर्दै पुन: विराटनगरमा सेवा उपलब्ध गराएको हो ।

मधुमेह , थाईराइड तथा हर्मोन सम्बन्धि विशेषज्ञ जोशीले यहि मंसिर ३ गते शुकवार र ४ गते शनिबारका दिन विराटनगरको रंगेली रोड ग्रीनक्रस अस्पताल परिसरमा रहेको नेपमेड्समा सेवा दिनेछन ।

भारतको नयाँ दिल्ली स्थित प्रतिष्ठित एम्स अस्पतालबाट डीएम गरेका जोशीले काठमाण्ढौमा सेवा दिदै आएका छन्। नेपालका चल्तीका इन्डोक्राइनोलोजिष्टहरुको नाम लिने बितिकै डा. जोशीको नाम अग्रपंक्तिमा आउने गर्दछ । काठमाण्डौ , पोखरा चितवन वुटवललगायतका स्थानमा डाक्टर जोशीले सेवा दिइरहेका छन् ।

अव विराटनगरमा डाक्टर जोशी आउँने भएपछि विरामीको चाप बढ्दै गएको नेपमेड्स व्यवस्थापनले जनाएको छ । त्यस्तै आफ्नै घर आगनमा डाक्टर आउने भएपछि विराटनगरदेखि काठमाण्डौसम्म खर्च गरेर पुग्नु पर्ने बाध्यताको अन्त्य भएको नेपमेड्सले जनाएको छ ।

नेपमेड्स घरमै बिरामीलाई अडर अनुसारको औषधि पुर्याउने तथा अन्य स्वास्थ सेवाहरु उपलब्ध गराउने अग्रणी स्वास्थप्रदायक हो जुन नेपालको चितवन , काठमाण्डौ र विराटनगरमा भौतिक रुपमा स्टोरसहित संचालित छ भने अन्य स्थानमा ग्राहकको अडर अनुसार फार्मासिस्टको प्रत्यक्ष निगरानीमा औषधि उपलब्ध गराउने काम गर्दछ ।

डा. अंशुमाली जोशीको सेवा लिन अग्रिम नाम दर्ता गराइ टोकन लिन पर्ने र फोन भाइवर म्यासेनजरबाट समेत नाम दर्ता गर्न सकिने नेपमेड्सका संचालक सुभाष भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर