AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यार्थीले घरघरबाट संकलन गरेको खाद्यान्न बाल आश्रमलाई सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० आश्विन २०७९, आईतवार १९:२९
3
Shares
विराटनगर/ विराटनगर–६ स्थित किड्स भिलेज स्कुलले विश्व खाद्य दिवसको अवसर पारेर पूर्वाञ्चल बाल आश्रमका लागि खाद्य सामग्री सहयोग गरेको छ।

विराटनगर १३– स्थित आश्रममा रहेका ७४ जना बालबालिका तथा वृद्ध आमाहरुका लागि भनेर सम्पूर्ण विद्यार्थीहरूले घर– घरबाट संक्लन गरेको खाद्य सामग्री हस्तान्तरण गरिएको हो । विद्यार्थीहरुमा सहयोगी भावनाको विकास गराउन विद्यालयले बालबालिकालाई नै सम्लग्न गराई सहयोग जुटाउने र सहयोग गर्ने काम गरेको हो ।

खाद्य सामाग्री जुटाउन विद्यालयका अभिभावकको सहयोग उच्च रहेको भन्दै विद्यालयका प्रिन्सिपल विजय दाहालले बालबालिकालाई सामाजिक बन्न उत्प्रेरित गर्ने विश्वास ब्यक्त गरे। स्कूलका अध्यक्ष मदन खतिवडाले व्यक्ति व्यक्ति मिलेर गरिने सानो सहयोग पनि कसैलाई लागि ठूलो बन्ने बताए ।

स्कुलले ४ बोरा चामल, ६ बोरा भुजा, २५ केजी दाल, ४० प्याकेट चिउरा, ७ काटुन चाउचाउलगायत उल्लेख मात्रामा चकलेट, तेल,बिस्कुट जस्ता सामग्रीहरु संकलन गरेर आश्रमलाई हस्तान्तरण गरिएको स्कुलका प्रबन्ध निर्देशक पंकजकुमार जैनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर