विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा माहसचिव पोखरेले बताए । उनले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको समेत बताए । पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको बताए ।
वर्तमान पाँच दलीय गठबन्धनको सरकार नेपाली जनताको लागि अभिशाप भएको बताएका छन् ।
उनले सरकार लामो समयसम्म रहँदा देशलाई श्रीलंकाको बाटोतर्फ लैजाने चिन्ता प्रकट गरे । ‘यो सरकार स्वार्थका लागि मात्र बनेको हो, यो सरकार बन्दै गर्दा मुलुकको आर्थिक अवस्था वचतमा रहेको तर अहिले खर्बाै ऋणमा पुगेको छ । महंगी दोब्बरभन्दा बढी बृद्धि भएको छ । पूँजीगत खर्च लज्जास्पद छ । जसले गर्दा मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएको छ’ उनले भने, ‘बजेट निर्माणका क्रममा जे जस्ता हर्कत भएका कुराहरू बाहिर आए, त्यो एकप्रकारको राष्ट्रघात हो । यसले माफियातन्त्रलाई अझ भनौं दलाल नोकरशाही पुँजीवादलाई प्रश्रय गरेको देखिन्छ ।’
दुनियाँमा कहीँ पनि गठबन्धनले समृद्धि ल्याएको छैन भन्दै उनले विकासको लागि नीतिगत नेतृत्व चाहिने बताए ।
‘नीतिगत नेतृत्व गर्नसक्ने तागत एमालेसँग मात्रै छ । कांग्रेसले त नीतिगत नेतृत्व नै गुमाइसकेको छ, गठबन्धन त स्वार्थका लागि मात्र बनेको हो’ उनको भनाइ छ, ।
प्रधानन्यायाधीश वि?द्धको महाअभियोग राम्रो नियतले नलगाइएको भन्दै उनले यसको छिनोफानोमा सत्तापक्षको व्यवहार चरम लापरवाहीपूर्ण रहेको बताए ।
‘फैसलाहरू स्वार्थमा आधारित, लेनदेनमा आधारित भयो भन्ने अर्थमा प्रधानन्यायाधीश माथि महाअभियोग लगाइयो । त्यो त सौदाबाजी हो । त्यसमा त दुई पक्ष हुन्छ’ उनले भने, ‘त्यस अर्थमा दोषी एउटा मात्र हुँदैन। प्रधानमन्त्री निर्दोष हुने प्रधान न्यायाधीश मात्र दोषी हुने हुँदैन । एउटालाई दोषी देखाएर अर्को पानीमाथिको ओभानो बन्ने गठबन्धनका नेताहरूको प्रयास गलत हो ।’
तपाईको प्रतिक्रिया