ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङको धनपालथानबाट ठूलो परिमाणमा गाँजा बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ असार २०८१, शुक्रबार १८:१५
54
Shares
विराटनगर /मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका – ७ राजकुमार सिंहको ग्वालीबाट १ हजार ५ सय केजी गाँजा बरामद गरेको हो ।

आज दिउँसो विशेष सूचनाको आधारमा सिंहको घरको ग्वालीमा प्रहरी टोलीले छापा मारेर ४९ बोरा गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

बरामद गरेको गाँजासहित प्रहरीले सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ठुलो परिमाणमा गाँजा बरामद गरेपछि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफै घटना स्थल पुगेका छन् । एक महिना अगाडी सिंहको घरमा गाँजा भण्डारन गरेको बुझिएको छ ।

पहाडी जिल्ला धनकुटाबाट गाँजा ल्याएर राखेको हुनसक्ने भएकोल प्रहरीले कारोबारी समात्न लागि परेको छ । भारत तस्करी हुन लागेको गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर