पूर्वाञ्चल खबर
शिविरमा १०८ जनाले निःशुल्क नाक, कान, घाँटी तथा दन्तसम्बन्धी स्वास्थ्य परीक्षण गराएका छन्। परीक्षणका क्रममा ३० जनाको दाँत उखाल्ने (दन्त उपचार) सेवा समेत प्रदान गरिएको आयोजकले जनाएको छ।
शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो। रोटरी क्लब अफ विराटनगर सेन्ट्रलकी सर्भिस प्रोजेक्ट संयोजक तथा साना पाइला मोरङकी अध्यक्ष दन्त चिकित्सक डा. मीरा आचार्यले शिविरमार्फत स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्। उनका अनुसार शिविरले स्थानीय नागरिकलाई नाक, कान, घाँटी तथा दन्तसम्बन्धी समस्याको पहिचान र उपचारमा सहयोग पुर्याएको छ।