AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर इन्टरनेशनल कलेजमा बिजनेस क्विज सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ मंसिर २०७८, आईतवार १७:०६
171
Shares
विराटनगर / विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त विराटनगर इन्टरनेशनल कलेजका विद्यार्थीमाझ बिजनेस क्विज सम्पन्न भएको छ ।

कलेजका दोश्रो,तेश्रो र चौथो बर्षमा पढिरहेका बिद्यार्थीहरुलाई बिश्व बजार तथा नेपालका बिभिन्न बिजनेस सामाग्रीहरु सहित क्विज गराइएको थियो । कलेजमा गठन भएको उद्यमशील बिद्यार्थीको समुहको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको कलेजका अपरेशन प्रमुख बिबेक दाहालले बताए ।

विद्यार्थीहरुलाई विश्व बजारलगायत नेपाली बिजनेससंग नजिक बनाउने उदेश्यका साथ उक्त कार्यक्रम गराइएको कलेजले जनाएको छ ।

प्रतियोगितामा कलेजका चौथो बर्षमा अध्ययनरत विद्यार्थीको समुह जित हासिल गरेको थियो । प्रतियोगितामा कुन ६ वटा टिम सहभागी रहेका थिए । प्रतियोगी तथा बिजेता टिमलाई कलेजका अपरेशन प्रमुख बिबेक दाहाल, प्राध्यापक दिवेस चन्द , शृति कटवाल , श्रेसा अधिकारीलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री ९बिआइबिएम० र इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर